बेलायत सुन्दरी प्रतियोगितामा बिना शृंगार प्रतिस्पर्धा गर्ने पहिलो प्रतियोगी २० बर्षिय बिद्यार्थीले इतिहास रचिन

इनेप्लिज २०७९ भदौ ११ गते १५:३९ मा प्रकाशित

बेलायत सुन्दरी प्रतियोगितामा बिना शृंगार प्रतिस्पर्धा गर्ने पहिलो प्रतियोगी २० बर्षिय बिद्यार्थीले इतिहास रचेकी छिन् ।

जुन हामी सर्वसाधारणले विश्वास नै गर्न सकिदैन । मिस इंग्ल्याण्ड नामक प्रतियोगिताको इतिहासमा बिना मेकअप (शृंगार )प्रतिस्पर्धा गर्ने दक्षिण लन्डनकी २० वर्षीया महाबिद्यालय (कलेज )विद्यार्थी मेलिसा राउफ पहिलो भएकी छिन ।

बेलायत सुन्दरी प्रतियोगिताको अन्तिम चरणमा पुग्ने उनि लगभग शताब्दी लामो प्रतियोगिताको इतिहासमा कुनै शृंगार (मेकअप )नलगाई प्रतिस्पर्धा गर्ने पहिलो ब्यूटी क्वीन (महिला सौन्दर्य प्रतियोगितामा सबैभन्दा सुन्दर बन्नु )बनेकी छिन्।

राउफले प्रतियोगिताको सेमिफाइनल (अन्तिम प्रतियोगिता अगाडी )मा कुनै शृंगार नगरी अगाडी बढ्न सफल भइन । अब उनी ताजका लागि यो अक्टोबरमा हुने अन्तिम प्रतिस्पर्धा सहभागी हुनेछिन्।

बेलायतको इन्डिपेन्डेन्ट पत्रिकासँगको अन्तर्वार्तामा राउफले भनिन , “यो मेरो लागि धेरै अर्थपूर्ण छ किनकि मलाई लाग्छ विभिन्न उमेरका युवतीहरूले शृंगार गर्छन किनभने उनीहरूले त्यसो गर्न दबाब महसुस गर्छन्।”

“यदि कोही आफ्नै छालामा खुसी छ भने हामीलाई शृंगारले आफ्नो अनुहार छोप्न लगाउनु हुँदैन। हाम्रा कमजोरीहरूले हामीलाई हामी को हौं भनेर बनाउँछ र यसले प्रत्येक व्यक्तिलाई अद्वितीय बनाउँछ,” उनले थपिन्।

उनले सानै उमेरमा शृंगार गर्न थाले पनि प्रतियोगितामा भाग लिने परम्परा त्याग्ने निर्णय गरेको बताइन् ।

“मैले सौन्दर्य मापदण्ड पूरा गरेको कहिल्यै महसुस गरिन। मैले भर्खरै स्वीकार गरें कि म आफ्नै छालामा सुन्दर छु र त्यसैले मैले शृंगार बिना प्रतिस्पर्धा गर्ने निर्णय गरें,” उनले अन्तर्वार्तामा बताइन भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया