अस्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यतामा नेपालको यौन/घरेलु हिंसा पीडितको सहयोगार्थ मेलबर्नमा तीज कार्यक्रम

इनेप्लिज २०७९ भदौ ११ गते ९:२१ मा प्रकाशित

 

PHOTOGRAPHY BY WEDDING DIARY AUSTRALIA

मेलबर्न, अस्ट्रेलिया: बिगत ६ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पस्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरी कार्यक्रम गर्दै आएको दिदी-बहिनी समाज भिक्टोरियाले करीब ७०० को उपस्थितिमा शिक्षा तथा महिला मन्त्री नातालिय हटचिन्सको प्रमुख आतिथ्यतामा भब्यताका साथ तीज कार्यक्रम सम्पन्न गरेको छ ।

दिदी-बहिनी समाज भिक्टोरियाले अहिलेसम्म १६,००० डलर पठाइ ११० जनालाई सहयोग गरिसकेको छ ।

दिदी-बहिनी समाज भिक्टोरियाले प्रदान गर्ने आर्थिक सहयोग छोटो समयको बसाइ, आबस्यक औषधोपचार, कानूनी सुझाब, काउन्सिलिङ, पारिवारिक र सामाजिक मध्यस्तता प्रकृया र तालिमको लागि प्रयोग गरिन्छ । यो सहयोगका कारण महिलाहरुको बिग्रदो स्वास्थ्य र जीवनलाई उनीहरुको आत्मविस्वास र क्षमता अभिबृद्धि मार्फत सामान्यिकरण गर्न सहयोग पुर्याएको छ र यस्को लागि त्यस क्षेत्रमा कृयाशिल “आवाज” संस्थासंग सहकार्य गर्दै आइरहेको छ ।

सांसद कौशल्या भागेला, मोरल्यान्ड सिटी काउन्सिलका मेयर मार्क रिले, एनआरएन भिक्टोरियाका संयोजक हरी खड्काद्धारा समेत मन्तब्य ब्यक्त गरिएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष डा जमुना पराजुलीद्धारा स्वागत मन्तब्य ब्यक्त गरिएको थियो ।

PHOTOGRAPHY BY WEDDING DIARY AUSTRALIA

कार्यक्रममा सहभागी हुन धेरै टाँढा टाँढाबाट समेत सोचिएभन्दा अत्यन्तै धेरैको आगमन भए तापनि सुरक्षाका कारण सुरक्षाकर्मीहरुद्धारा सबैलाई कार्यक्रम हलमा प्रबेश गर्न नदिएकोले कार्यक्रममा सहभागी हुन नपाई फर्कन परेकोले आयोजकले आगन्तुक र शुभेच्छुकको असुबिधाका लागि क्षमा याचना गर्दै सूचना समेत जारी गरेको छ ।

संस्थाकी उपाध्यक्ष प्रभा देवी श्रेष्ठको संयोजनकारी र अन्जु अधिकारी र गीता नायक क्षेत्रीको सह-संयोजनकारी भूमिका रहेको र अन्जु, जुलिय, कमला र सपनाद्धारा उदघोषित उक्त कार्यक्रममा दिदी-बहिनी समाज ब्रिमब्यांक, वेष्ट, आइन्ट्री, इस्ट, बेन्डिगो, लालोर, एपिङ, थोमसटाउन, जिलोङ, ग्लेनरोइ, क्रेगिबर्न, मरान्डा युनिटहरुले समूहगत रुपमा छुट्टाछुट्टै तीज नाच प्रदर्शन गरेका थिए ।

 

 

प्रतिक्रिया