सारेगामा म्युजिक अवार्डको लागि आवेदन खुल्ला

इनेप्लिज २०७९ भदौ ११ गते ८:४० मा प्रकाशित

पहिलो कार्यक्रममार्फत गीत संगीतमा योगदान दिएका विभिन्न कलाकारहरुलाई प्रोत्साहनको लागि अवार्ड प्रदान गर्न लागेको स्टुडियोका प्रबन्ध निर्देशक विजय गुरुङले जानकारी दिनुभयो ।

नेपाली मौलिक गीत संगीतमा योगदान दिएका कलाकारहरुलाई अवार्डमार्फत सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष तृप्ति खड्का गुरुङले बताउनुभयो । आफू पनि गायिका भएकाले कलाकारहरुको उक्त अवार्डले थप हौसला प्रदान गर्नेमा आफु आशावादी रहेको सस्थाकी अध्यक्ष तृप्ती खड्का ले बताउनुभयो । राष्ट्रिय , आधुनिक , लोकदोहोरी , पप , लोक आधुनिक , भजन ,भाषा भाषी , पर्ब ,युगल , गजल विधामा अवार्ड गर्न लागिएको हो । गायक, गायिका , मोडेल महिला, मोडेल पुरुष ,गीतकार ,संगीतकार ,एरेन्जर, सम्पादक ,छायाँकार , भिडियो निर्देशक ,निर्माता, मेकअप , रेकडिस्ट, नायक ,नायिका , कथाकार अडियो मिक्सिङ , भाषा भाषी लगायतका श्रष्टा र सर्जकले आवेदन भर्न सक्ने आयोजक सस्थाकी अध्यक्ष तृप्तीले बताउनुभयो । अवार्ड वितरण भने आगामी मंसिर २ गते आयोजनाको तयारीमा जुटेको प्रबन्ध निर्देशक गुरुले बताउनुभयो ।

आवेदन फारम भर्न तल क्लिक गर्नुहोस ।
https://docs.google.com/forms/d/e/1FAIpQLSfClsM9HV9JpWj4CohG0btPma_opYMeOJ76_IGFCVgMY3mOWQ/viewform?fbclid=IwAR1ZxXoqmFS_mfZ_bXZG5YBtpOL9fyTqrX3yVA0VF1DT8PvW4VZUel58IF4

प्रतिक्रिया