इनास अष्ट्रियाको माइती चेली दर साँझ २०७९ मा सुनको तिलहरी बम्पर

बाबा राजेश्वरी थापा, भिएना अष्ट्रिया: २०७९ भदौ ९ गते २२:०७ मा प्रकाशित

नेपाली मौलिक कला संस्कृति र चाडपर्वको संरक्षण गर्दै आएको संस्था इनासले भिएना अष्ट्रीयामा शनिवार २० अगष्ट २०२२ मा एक भव्य कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो अष्ट्रियाका लागी नेपाली राजदुत महामहिम भरत कुमार रेग्मी। बिशेष अतिथिको रुपमा इनास युरोप संयोजक प्रकाश तिवारीको पनि उपस्थिति थियो। “माइती चेली दर साँझ २०७९” नाम दिइएको यस कार्यक्रममा अध्यक्षता र सभापतित्व इनास अष्ट्रियाका अध्यक्ष स्याण्डी भण्डारी गर्नु भएको थियो। शुभकामना मन्तव्य उपाध्यक्ष इनास अष्ट्रिया नबिन कार्की दिनु भएको थियो भने इनास ग्लोवल तथा इनास युरोपको प्रतिनिधित्व गर्दै प्रकाश तिवारी पनि कार्यक्रमलाई सम्बोधन गर्नु भयो। प्रमुख अतिथि अष्ट्रियाका लागी नेपाली राजदुत महामहिम भरत कुमार रेग्मीले पनि शुभकामना मन्तव्य दिनु भयो। उपस्थित अन्य बिशेष अतिथि तथा अतिथिहरुमा इनास ग्लोवल प्रतिनिधि रमेश खड्का, एनआरए आइसीसी सचिव धर्मराज खतिवडा, एनआरएनए महिला सह संयोजक, युरोप नुनिता सापकोटा , एनआरएनए युरोप क्षेत्रीय सह संयोजक सागर सुबेदी, इनास अष्ट्रिया संरक्षक अन्द्रियास रेनर , इनास अष्ट्रियाका सल्लाहकारहरु रुद्र चुडाल, कुमार बोहरा, निरु लामिछाने, इनास अष्ट्रियाका सल्लाहकार तथा एनआरएनए मेडिया टास्क फोर्सको सह संयोजक बाबा राजेश्वरी थापा, प्रवासी नेपाली मंचका बरिष्ठ उपाध्यक्ष सुर्य लामिछानेको लगायत थुप्रैको उपस्थिति थियो। यस कार्यक्रम संचालन नेपाली भाषामा संस्थाकी उपाध्यक्ष सम्झना बोहरा र जर्मन भाषामा संस्थाकै महासचिव शिला अधिकारीले गरेका थिए।

हरेक वर्ष भिन्दै र पृथक ढंगले कार्यक्रम प्रस्तुत गर्ने इनास अष्ट्रियाले यस पटकको १० युरोको लक्की ड्र कुपनहरु थिए। प्रथम पुरस्कार – सुनको तिलहरी, दोश्रो पुरस्कार – क्यान्डल लाइट डिनर , तेश्रो पुरस्कार – आकर्षक डिजाइनको साडी , तेश्रो पुरष्कार – आकर्षक डिजाइनको साडी राखिएको थियो।

निस्पक्ष ढंगले उपस्थित जनसमुदायको अगाडी नै गरिएको उक्त लक्की ड्र मा प्रथम पुरस्कार – सुनको तिलहरी बिजेता – बाबा राजेश्वरी थापा, दोश्रो पुरस्कार – क्यान्डल लाइट डिनर बिजेता – कृष्ण भाटको जोडी, तेश्रो पुरस्कार – आकर्षक डिजाइनको साडी बिजेता – कुमार बोहरा, तेश्रो पुरष्कार – आकर्षक डिजाइनको साडी बिजेता – बिनिता केसी हात परेका थिए भने गत वर्ष देखि थालिएको तीज क्विनको उपाधि भिएना निवासी एलिजा श्रेष्ठले जितेकी थिइन्।
कार्यक्रम बिभिन्न स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए, नृत्य प्रस्तुत् गर्ने कलाकारहरुमा बबिता पुनले बिभिन्न तीजका चर्चित गीतहरुमा जोडदार नृत्य प्रस्तुत् गरेर सबैको ध्यान खिच्न सफल भईन भने अन्य कलाकारहरु श्रद्वा थापाको एकल नृत्य, सामुहिक नृत्यमा कन्चन बोहरा, सुनी लामिछाने, सोफिया लामिछाने, बिद्या टन्डन, दिव्या ढकाल, इनास टिम को तर्फबाट सामुहिक नृत्य सम्झना बोहरा, शिला अधिकारी, वर्षा पौडेल, पवित्रा केसी कार्की, गंगा पोखरेल, नुनिता सापकोटा, एजिला श्रेष्ठ, सम्झना गिरि, शोभा शर्मा र स्याण्डी भण्डारी गरेका थिए। कार्यक्रममा प्रवेश शुल्क र नेपाली खानाका बिभिन्न परिकारहरुको पनि निशुल्क ब्यबस्था गरिएको थियो।

कार्यक्रमको समापन गर्दै ब्यबस्थापमा खट्नु हुने सपूर्ण र कर्यक्रमम सहभागी भएर सहयोग गर्ने सम्पूर्णलाई इनास अष्ट्रियाका अध्यक्ष स्याण्डी भण्डारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो। औपचारिक कार्यक्रम सकिए पछि पनि चेलीबेटीहरुको नाचगान लामो समय सम्म चलेको थियो भने उपस्थित पुरुष पाहुनाहरुले पनि भरपुर मनोरंजन लिएका थिए। कार्यक्रम अत्यन्तै पारिवारिक वातावरणमा सम्पन्न भएको थियो।

एनआरएन अष्ट्रियाले सोहि समय र मितिमा तीज कार्यक्रम आयोजना गरेपनि एनआरएन अष्ट्रियाकी प्रथम महिला संयोजक तथा वर्तमान वाचित एनआरएनए युरोप महिला सह संयोजक नुनिता सापकोटा , एनआरएन अष्ट्रियाका पुर्व सचिव तथा वर्तमान वाचित एनआरएनए युरोप क्षेत्रीय सह संयोजक सागर सुबेदीले एनआरएन अष्ट्रियाको तीज कार्यक्रम बहिष्कार गरी इनास अष्ट्रियाको माइती चेली दर साँझ २०७९ मा सहभागी भएका थिए।

प्रतिक्रिया