मिटर ब्याजी

इनेप्लिज २०७९ भदौ ८ गते २१:४६ मा प्रकाशित

विराटनगर, ८ भदौ(रासस):अरुलाई गरिब बनाएर आफू धनी बत्रे मिटर ब्याजी मोरङमा पनि देखा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मिटर ब्याजीका कारण देशभरका पीडितहरुको समस्यालाई सम्बोधन गर्ने हिसाबले सङ्घीय गृह मन्त्रालयले आ–आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारीगरेपछि मोरङमा भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।

खासगरी, ग्रामीण क्षेत्र जहदा गाउँपालिका, रङ्गेली नगरपालिका, विराटनगर महानगरपालिका, धनपालथान गाउँपालिका र सुन्दरहरैचा नगरपालिकाबाट आएका उजुरी अनुसार क्रृणीले क्रृण तिर्दा पनि जग्गा फिर्ता नगरेको गुनासो सहितका उजुरी परेको बताइएको छ ।

सयकडा रु.तीन देखि पाँच सम्म मासिक ब्याज लिने गरेको मिटर ब्याजीका कारण धेरै मानिसहरु घरबारविहीन बनेका छन् भने भएका सम्पति पनि मिटर ब्याजीले कब्जा गर्ने गरेका छन् । क्रृणीहरु रु.एक लाख देखि रु.पाँच लाखसम्म क्रृण लिएको र लिएको क्रृण भन्दा पनि बढी ब्याज बुझाई सक्दा पनि क्रृण मुक्त्त हुन नसकेका पीडितहरुको हकमा सरकारले ध्यान दिनुपर्ने स्थानीय अर्जुन सुबेदीले प्रतिक्रिया दिनुभयो ।

सरकारले भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न दिएको हदम्याद पछि पनि तीन वटा उजुरी परेको र यी सबै उजुरीहरुको अभिलेख राखी गृह मन्त्रालयमा पठाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

मिटर ब्याजीहरु क्रृण दिनुभन्दा पहिले नै धितोमा राखिने जग्गा मालपोत कार्यालयमा राजिनामा पास गराई लिने गरेकाले समस्या भएको र यस्तो समस्या एक ठाउँको मात्र नभएर देश व्यापी देखिएकाले यसमा राज्य गम्भीर हुनु पर्ने बताएको छ ।

समस्यामा परेका मानिसलाई तत्काल बैंकले क्रृण नदिने र समस्या समाधान गर्न मिटर ब्याजीको सम्पर्कमा जाने गरेका पीडितहरुले जति कमाए पनि सबै पैसा मिटर ब्याजीलाई नै बुझाउनु परेको र तरपनि क्रृणबाट मुक्त्त हुन नसकी आफ्ना श्रीसम्पति अरुको कब्जामा गएको दुःख सहन योग्य नभएको पीडितहरु बताउँछन् ।

सुनसरी इनरुवा नगरपालिका वडा नं ७ चाँदबेलका दुई जना मिटर ब्याजीहरुका कारण सयौँका सङ्ख्यामा मानिसहरु ठगिएका छन् भने अरुलाई ठगेर धन आर्जन गर्न सफल भएको ती दुबै जना मिटर ब्याजी गर्व गरिरहेका छन् । पहिले त यी मिटर ब्याजीले पैसा छैन भत्रे र धेरै कर गरेपछि सयकडा रु.तीन देखि रु.पाँच लिन्छु भत्रे कम समय भएमा सयकडा रु.पाँच लिने र बढी समयमका लागि दिने क्रृणमा रु.पाँच सम्म लिने गरेको पाइएको छ ।

प्रतिक्रिया