युक्रेनको स्वतन्त्रा दिवसमा जेलेन्स्कीले भने : रूसले आक्रमण गरेको दिन युक्रेनको “पुनर्जन्म”

इनेप्लिज २०७९ भदौ ८ गते ११:२० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ६ महिना अघि रुसले आक्रमण गरेको दिन देशको ‘पुनर्जन्म’ भएको बताएका छन् ।  युक्रेन सोभियत संघबाट स्वतन्त्र भएको आज ३१ बर्ष भएको छ ।

बुधवार युक्रेनी स्वतन्त्रता दिवस मनाउनको लागि भावनात्मक अङ्कियदृश्य (भिडियो )सन्देशमा बोल्दै युक्रेनीहरूले “हाम्रो शब्दहरू कामले प्रमाणित गर्नुपर्दछ” उनले भने।

“फेब्रुअरी २४ का दिन बिहान ४ बजे उदय भएको नयाँ राष्ट्र जन्मेको होइन, पुनर्जन्म भएको छ। यो राष्ट्र रोएन, चिच्याएको छैन, डराएको छैन, भागेको छैन, हार मानेको छैन। नबिर्सनु होला ।” उनले भाषणमा भने ।

जेलेन्स्कीले स्वतन्त्रता दिवस मनाउने युक्रेनीहरूलाई श्रद्धांजलि अर्पण गरे। उनले यसअघि युक्रेनीहरूलाई स्वतन्त्रता दिवसमा थप सावधानी अपनाउन चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया