विराटनगर, ६ भदौ(रासस): विराटनगर महानगरपालिका देखि १८ किमी उत्तर बुढीगङ्गा गाउँपालिका वडा नं ६ कोइलपुरमा तवदार विराट कर्मसियल एग्रीकल्चर एण्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्मको आज सोमबार निरीक्षण एवं अवलोकन गर्दै प्रदेश नं १ कृषि सचिव मेघनाथ तिमल्सेना, पशुपंक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक पशुपति ढुङ्गाना र बीचनमा फार्म सञ्चालक चुमनारायण तवदार । तस्वीर : मोहम्मद सदरुल,रासस
मोहम्मद सदरुल
विराटनगर, ६ भदौ(रासस): राजनीतिक क्षेत्रमा आफूलाई अब्बल सावित गर्ने मोरङका एक राजनीतिककर्मी कृषि पेशालाई पनि आगाडि बढाएका छन् ।
विराटनगर महानगरपालिका कञ्चनबारी निवासी प्रदेश नं १ प्रदेश सभा सदस्य चुमनारायण तवदारले राजनीतिकसँगै कृषि पेशालाई अंगाल्नुका कारण राजनीतिक क्षेत्रलाई अझ बलिया बनाउने उहाँको धारणा छ ।
इमानको राजनीतिक गर्दा हुने खर्च जुटाउन कृषि पेशा अपनाएको र यसैको माध्यमबाट आफ्ना निर्वाचन क्षेत्रमा विकास र जनताका सेवालाई अझ प्रभावकारी ढङ्गले लैजाने उहाँले स्पष्ट पार्नुभयो । उहाँ मोरङ निर्वाचन क्षेत्र नं ६ (क)का प्रदेश सभाका निर्वाचित सदस्य हुन् ।
राजनीतिक पृष्ठभूमि बोकेका प्रदेश सभा सदस्य तवदार विगत लामो समयदेखि मोरङ केन्द्रित राजनीतिक गरिरहनु भएको छ भने पछिल्लो समयमा विराटनगर महानगरपालिका देखि १८ किमी उत्तर बुढीगङ्गा गाउँपालिका वडा नं ६ कोइलपुरमा तवदार विराट कर्मसियल एग्रीकल्चर एण्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्म सञ्चालनमा ल्याई माछाको भुरा उत्पादन कार्य शुरु गर्नुभएको छ ।
विराटनगर, ६ भदौ(रासस): विराटनगर महानगरपालिका देखि १८ किमी उत्तर बुढीगङ्गा गाउँपालिका वडा नं ६ कोइलपुरमा तवदार विराट कर्मसियल एग्रीकल्चर एण्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्म जहाँ माछाका विभित्र जातका भुरा उत्पादन हुने गरेको छ । : मोहम्मद सदरुल,रासस
व्यवसायिक रुपमा माछाको भुरा उत्पादन गर्न थालेपछि उहाँले पहिलो पटक रु.पाँच लाखको र दोस्रो पटक रु.२५ लाखको माछाको भुरा बिक्री गर्न सफल हुनुभएको छ ।
कतिपय किसानले पोखरी खनेर माछा उत्पादन मात्र गर्छन भने पोखरीमाा भुरा हाल्न यताउति भौतारिनु परेको थियो, अहिले माछाको भुरा उत्पादन गर्न थालेपछि यस व्यवसायमा लाग्ने किसानलाई राहत भएको छ, उहाँहरुका समय र लागत बचत भएकोमा सदस्य तवदारले खुशी व्यक्त्त गर्नुभयो ।
ठूलो मात्रामा भुरा उत्पादन गर्न उहाँले १० विगहा १० कठ्ठा जग्गामा २३ वटा पोखरी खत्रुभएको छ । यो व्यवसाय अंगालेको आठ वर्ष भयो शुरुका दिनमा माछा उत्पादन गरेर बिक्री गर्यो तर पछि भुरा उत्पादन गर्ने कार्यमा केन्द्रित भई सोही अनुसारको संरचना निर्माण गरेको सदस्य तवदारले जानकारी दिनुभयो ।
एक पटकमा १० लाख भुरा उत्पादन गर्ने संरचना निर्माण गर्नुभएका सदस्य तवदारले प्रत्येक भुरा रु.दुईका दरले बिक्री गर्नुभएको छ । संरचना निर्माणमा रु.एक करोड ५० लाख गर्नुभएको पोखरी भएका सबै क्षेत्र उहाँको पैतृक सम्पति हो । सोह्र घण्टा देखि २४ घण्टामा माछाका भुरा निस्कने र छ दिन पछि बिक्री योग्य बत्रे रेहु, भाकुर, ग्रास कार्प, कमल कार्प, नैनी जस्ता जाताका भुरा उत्पादन हुने गरेको छ ।
धन, मन र विचारका धनी सदस्य तवदारले माछा भुरा उत्पादन गर्न विशेषज्ञको रुपमा नेपाल सरकारका पूर्व मत्स्य विकास अधिकृत कर्मचारी हुकुमलाल सिंहलाई कर्मचारीको रुपमा राख्नुभएको छ ।
उहाँको मेहनत र लगनशीलता देखेर प्रदेश सरकारले हायरिङ मत्स्य प्रजनन कार्यमा सहयोग पुर्याउने उद्देश्यले रु.१५ लाख अनुदान पनि सहयोग गरेको छ ।
विराटनगर, ६ भदौ(रासस): राजनीतिक पृष्ठभूमि बोकेका प्रदेश सभा सदस्य चुमनारायण तवदार विगत लामो समयदेखि मोरङ केन्द्रित राजनीतिक गरिरहनु भएको छ भने पछिल्लो समयमा विराटनगर महानगरपालिका देखि १८ किमी उत्तर बुढीगङ्गा गाउँपालिका वडा नं ६ कोइलपुरमा तवदार विराट कर्मसियल एग्रीकल्चर एण्ड इन्भारोमेन्ट कम्पनी प्रालि तवदार फार्म सञ्चालनमा ल्याई माछाको भुरा उत्पादन कार्य शुरु गर्नुभएको छ । सो पोखरीका पौडिरहेका हाँस । तस्वीर : मोहम्मद सदरुल,रासस
माछा पोखरीको क्षेत्र बढाउन पोखरीसँगै जोडिएको दक्षिण तर्फको खाली जग्गा खरिद गर्ने योजना बनाउनुभएको सदस्य तवदारले जनतालाई आवतजावत गर्न सुविधा दिने हिसाबले पोखरी क्षेत्रको बीचबाट एउटा सार्वजनिक बाटो पनि निर्माण गर्नुभएको छ । चारैतिर घेराबेरा भएपनि बीचमा बाटो भएको कारणले जनतालाई एक गाउँबाट अर्को गाउँ जान निकै सुविधा भएको स्थानीय सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।
सदस्य तवदारले माछाको भुरासँगै बाख्रा, हाँस, स्थानीय जातका कुखुरा र लोप हुन लागेको हराजाताको बङ्गुर पालन पनि शुरु गर्नुभएको छ । पैतालीस थान बाख्रा र २० वटा बङ्गुर सहित हजारौँको सङ्ख्यमा हाँस पोखरीमा चरण गरेको दृष्य देखेर जोकोहीको पनि मन लोभिन सक्छ । जमुनापारी र बयर बोकासँग क्रस गराउने र नश्ल सुधार भएमा यो कार्यलाई निरन्तरता दिने योजना बनाएको सदस्य तवदारको फर्ममा आठ जनाले नियमति रोजगार पाएका छन् ।
पशुपंक्षी तथा मत्स्य निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले निजी क्षेत्रबाट गरेको यस किसिमको प्रयासलाई राज्यको तर्फबाट पनि बढावा दिनु पर्ने धारणा राख्दै हामी माछामा मात्र होइन माछाको भुरामा पनि आत्म निर्भर बत्रुपर्ने बताउनुभयो । फोटो पनि छ ।
प्रतिक्रिया