नरहरि प्रेमीको शिव भजन आदिदेव शंकर सार्वजनिक । ( भिडियो सहित )

इनेप्लिज २०७९ भदौ ४ गते १८:०९ मा प्रकाशित

वरिष्ठ संगीत साधक एवं लोकप्रिय गायक र संगीतकार नरहरि प्रेमीले हालै मात्र आफ्नो नयाँ सागितिक प्रस्तुति उनको आफ्नै युट्युब च्यानल Narahari Premee मार्फत सार्वजनिक गरेका छन् । आदिदेव शंकर बोलको संस्कृत भजन नौलो कोशेलीका रुपमा दर्शक श्रोतामाझ प्रस्तुत गरेका प्रेमीले यसमा आफैले गायकको भुमिका निभाएका छन् भने संगीत पनि उनकै रहको छ ।

दिव्य दृष्टा बालयोगी आदित्य गुरुदेवको शव्द तथा परिकल्पना रहेको आदिदेव शंकर शिव भजनमा प्रेमीले गायनमा हदैसम्मको स्वरको कारिगरी प्रस्तुत गरेको छर्लङ्ग महसुस गर्न सकिन्छ । त्यसो त भजनको संगीत संयोजन रहेको भजनको मिक्सिङ एवं मास्टरिङ भने मनोज डंगोलले गरेका हुन् । रेकर्डिङ्गको सम्पुर्ण कार्य बिग परिवेश स्टुडियोमा भएको भजन वास्तवमै समग्र रुपले अत्यन्तै श्रवणीय बनेको छ ।

ओम आदि फाउन्डेसनको प्रस्तुति आदिदेव शंकर भजन जति सुन्दाखेरी कान आनन्दित हुन्छ । त्यति नै यसको भिडियो हेर्दाखेरी आँखा कत्तिपनि नबिझाउने आँखालाई शित्तल बनाउने खालको बनेको छ । भिडियोका सम्पादक तथा निर्देशक राज कुमार हुन् । मरुभुमि नारायण ड्रोन अपरेटर रहेको भजनको भिडियो रहस्यमयी सँगसँगै आध्यात्मिक सन्देश प्रवाह गर्ने खालको बनेको श्रव्यदृश्य आध्योपान्त हेरेपछि थाहा हुन्छ ।

श्रुति संगीत विद्यालयका अध्यक्ष एवं संगीत गुरु नरहरि प्रेमीको यो आदिदेव शंकर भजन सुनेपछि एक निपुर्ण साधक गुरु गायकको गायकीको अनुभुति मज्जैसँग गर्न सकिन्छ । भाषाका कारण कुनैपनि भौगोलिक तगारो लाउन नमिल्ने यो संस्कृत भजन अन्तराष्ट्रिय बनोस् । सर्वप्रिय बनोस् । शुभकामना ।

प्रतिक्रिया