रुसले युक्रेनमा रहेका आफ्ना केही सैनिकलाई कीभले विष खुवाएको आरोप लगाएको छ ।
रुसको रक्षा मन्त्रालयले युक्रेनले गत जुलाईको अन्त्यमा युक्रेनको दक्षिणपूर्वी क्षेत्र जापोरिजियाको रुसी नियन्त्रित भागमा आफ्ना केही सैनिकहरूलाई विषाक्त गरेको आरोप लगाएको छ।
युक्रेनको आन्तरिक मन्त्रालयका एक सल्लाहकारले प्रतिक्रियामा भने रुसी सेनाले म्याद सकिएको डिब्बाबन्द मासु खाएको कारण विषाक्तता भएको हुन सक्छ।
रुसी रक्षा मन्त्रालयले जुलाई ३१ मा गम्भीर विषाक्तताको लक्षणका साथ केही रुसी सैनिकहरूलाई सैन्य अस्पतालमा लगिएको बताएको छ।
परीक्षणहरूले तिनीहरूको शरीरमा विषाक्त पदार्थ देखाएको जनाएको छ भनि अलजजिराले समाचार लेखेको छ ।
रूसले सबै विश्लेषणको नतिजासहित प्रमाणहरू तयार गरिरहेको मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिक्रिया