रु १२ लाख मूल्य बरावरको अवैध सामान पक्राउ

इनेप्लिज २०७९ भदौ ४ गते १७:५४ मा प्रकाशित

विराटनगर,४ भदौ । मोरङको बिराटनगर महानगरपालिका–१५ बाट प्रहरीले भन्सार छलि नेपाल ल्याउदै गरेको रु १२ लाख मूल्य बरावरको अवैध सामान सहित ट्रयाक्टर बरामद गरेको छ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति चेक जाँच गर्ने क्रममा बिआर ३८ ए ३२८७ नम्वरको भारतीय ट्रयाक्टरमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै विभिन्न किसिमको कपडा र जुत्ता वरामद गरेको छ।

यस सम्वन्धमा प्रहरीले ट्याक्टर र चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया