अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो

इनेप्लिज २०७९ भदौ ३ गते २३:३६ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भब्यताका साथ मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजक थिए ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने मूल नारालाई उदघोष गर्दै संचालन गर्नुभएको कार्यक्रममा फिप्नाको अध्यक्ष राजकुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत अमृत बहादुर राई थिए भने विशेष अतिथीहरुमा नेपाल कन्सुलेट जनरल न्यूयोर्कका वाणिज्य दुत गणेश आधिकारी, न्यूयोर्क राज्य विधानसभा जिल्ला ३८ का सदस्य जेनिफर राजकुमार, नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मान बहादुर राना मगर थिए ।

अतिथिहरुमा बिदेशी तथा कलेज पोइन्ट्स सिभिक एण्ड ट्याक्सपेयर्स एसोसिइसानका अध्यक्ष नवराज केसी लगायतका अन्य थुप्रै न्युयोर्क स्थित क्रियाशिल नेपाली संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुको उपस्थिति थिए ।

प्रमुख अतिथी राईले आदिवासी जनजातिको विश्व परिवेश, विकाश र महत्वको चर्चा गर्दै नेपाल सरकार पनि आदिवासी जनजातिको विकाश, उत्थान र सहभागिताका लागि प्रतिवद्द रहेको बताए । उनले नेपालको संवैधानिक व्यवस्था र नीति(नियमहरु समेत आदिवासी जनजातिको पक्षमा रहेको बताउनु भयो ।

बिशेष अतिथि नेपाल कन्सुलेट जनरल न्युयोर्कका बाणिज्यदूत गणेश अधिकारीले आदिवासी उत्थान र आवाजका ज्ञापन पत्रहरुलाई नेपाल सरकार सम्म पु¥याउने र सुनुवाइ लागि भूमिका खेल्ने बताउनु भयो ।

औपचारिक कार्यक्रम सुरु हुनुअघि विभिन्न आदिवासी जनजाति सम्वद्ध संघ(संस्थाहरुले न्युयोर्क सहरको ज्याक्सन हाइटबाट आ(आफ्नो भेषभूषामा झाँकीसहितको ¥याली सहित कार्यक्रम स्थल आएका थिए ।

प्रतिक्रिया