मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ

इनेप्लिज २०७९ भदौ ३ गते ११:३४ मा प्रकाशित

 

मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ गरिएको छ । किशोरलाई मेरिल्याण्ड राज्यको फ्रेडरिक काउन्टीको बिद्यालयमा बम धम्कीको आरोप लगाइएको छ।

फ्रेडरिक काउन्टी मेरील्याण्डको ओकडेल माध्यमिक बिद्यालयमा पढेका एक किशोरलाई शेरिफको कार्यालयले “बमको धम्कीको संकेत गर्ने सन्देश ( टेक्स्ट )सँग धेरै तस्बिरहरु साझा (शेयर)गरि सामूहिक हिंसाको धम्की र बिद्यालय गतिविधिहरूमा अवरोध पुर्‍याउने आरोप लगाइएको छ ।”

ओकडेल बिद्यालयका स्रोत अधिकारीहरूलाई बिहीबार बिहान ७:३० भन्दा पहिले धम्कीको बारेमा सूचित गरिएको थियो प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।

शेरिफको कार्यालयका जासूसहरूले विद्यार्थीहरूसँग अन्तर्वार्ता लिए पछि विद्यार्थीको पहिचान गरी आरोप लगाए। उमेरका कारण उनको नाम सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया