अमेरिकाको युटाह राज्यमा तीज कार्यक्रम हुदै

इनेप्लिज २०७९ भदौ ३ गते ०:०८ मा प्रकाशित

 


अमेरिकाको युटाह राज्यमा तीज कार्यक्रम हुने भएको छ । नेप्लिज एसोसिएसन् अफ युटाहले आयोजना गर्ने उक्त तीज उत्सव आगामी अगस्त २७ का दिन हुने भएको छ ।

कार्यकम श्री गणेश हिन्दु मन्दिरमा हुने भएको जानकारी सिपिए सन्तोष तिमिल्सिनाले ईनेप्लिजलाई बताए ।

साथै कार्यक्रम ५:३० -९ :०० बजे सम्म हुने भएकोले यस क्षेत्र वरपर बस्नु हुने सबैलाई आयोजकले सहभागी हुन् आह्वान गरेका छन् ।

सदस्यहरुका लागि केवल ५ डलर र सदस्य नभएकाहरुका लागि १० डलर राखिएको छ ।

प्रतिक्रिया