क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरियामा रमाईलो तीज हुदै

इनेप्लिज २०७९ भदौ २ गते २३:३४ मा प्रकाशित

क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया(क्षेत्र)मा रमाईलो तीज कार्यकम हुने भएको छ ।

त्यस क्षेत्रमा स्थापित क्रियटिभ नेपाल युथ अर्गनाईजेसन(युवा संगठन) ले हरेक बर्ष हरितालिका तिज मनाउदै आएकोमा यस बर्ष पनि मनाउने भएको छ ।

हरितालिका तीजक़ो अवसर पारेर “रमाईलो तीज “कार्यक्रम गर्दै आएकोमा बिगत २ बर्ष कोरोना महामारीको कारण हुन नसेकोमा यस बर्ष आगामी अगस्त २० ( शनिबार ) २०२२ मा भब्य रुपमा मनाउने भएको छ ।

कार्यक्रम साँझ ६ः३० देखी राती १० बजे सम्म क़रिब ५०० जनाको उपस्थितिमा मीठो दर खाने र स्थानिय कलाकारहरुको प्रस्तुति सहित छमछमी नाचगान हुने कार्यक्रम रहेकोले सबैलाई सहभागी हुन् आह्वान आयोजकले गरेका छन् ।

प्रतिक्रिया