विराटनगर, २ भदौ ।प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले प्रहरी सङ्गठनमा समय र परिस्थितिसँगै प्रविधिको विकास हुनु पर्ने बताउनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र १ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगर द्वारा संयुक्त्त रुपमा आयोजित ‘ प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७०’ आज यहाँ उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री कार्कीले एउटै ढाँचामा अपराध अनुसन्धान गर्दा चुरोमा पुग्न नसकिने भएकाले अनुसन्धानको प्रक्रिया बदल्नु पर्ने धारणा राख्दै सक्षम प्रहरीबाट नै समाज र राष्ट्र सुरक्षित हुने भएकाले प्रदेश सरकार प्रहरी सङ्गठनको भौतिक विकासमा ध्यान दिएको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले प्रविधिमैत्री बनाउने दिशातर्फ अघि बढिरहेको जानकारी दिँदै सरकारले मोरङको रानी देखि धरान र झापाको कांकरभिट्टा देखि कोशी ब्यारेजसम्म राजमार्गमा सिसी क्यामेरा जडान गर्ने कुरामा जोड दिनुभयो । उहाँले सङ्घीय सरकारको कार्यशैलीको कारण प्रदेशमा प्रहरी समायोजन हुन नसकेको धारणा राख्दै प्रहरी सुरक्षित भएमा जनता पनि सुरक्षित रहने भत्रुभयो ।
प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अपराध अनुसन्धान जटिल विषय भएको चर्चा गर्दै अनुसन्धान अधिकारीहरुले मेहनत र लगनशीलताले काम गर्नु पर्ने निर्देशन दिनुभयो । उहाँले प्रहरीहरु निडर, सक्षम , निर्भय हुनु पर्ने भन्दै प्रमाणले नै सत्य र तथ्य थाहा पाउने भएकाले अनुसन्धानका प्रमाणहरुमा विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिनुभयो ।
महानिरीक्षक सिंहले प्रहरी प्रभाव र दवावमा काम नगर्न निर्देशन दिँदै पीडितहरुले न्याय पाउने दिशामा अनुसन्धान अधिकारी चुक्न नहुने धारणा राख्नुभयो ।
केन्द्रीय अनुसन्धान व्यूरोका काठमाण्डौंका प्रहरी अतिरिक्त्त महानिरीक्षक उत्तमराज सुवेदीले अहिले ८५ प्रतिशत अपराधका घटना चिनेजानेका मानिसहरुबाट भइरहेको बताउँदै यौनजन्य जस्ता अपराध छिमेकी र विद्यालयका शिक्षकहरुबाट बढी हुने गरेको तथ्याङ्क रहेको स्पष्ट पार्नुभयो । उहाँले परम्परागत हिसाबले अपराध अनुसन्धान हुन नसक्ने भएकाले वैज्ञानिक प्रणाली अपनाउनुको विकल्प नरहेको धारणा राख्नुभयो ।
आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुलीले अपराध अनुसन्धान र शान्ति सुरक्षा महत्वपूर्ण विषय भएकाले सरोकारवालाहरु गम्भीर भएर काम गर्नु पर्ने बताउनुभयो ।
१ नं प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख सुदीप गिरीले समाज र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा चुनौती थपिएको छ भत्रुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जनतालाई शान्ति सुरक्षा र न्याय दिलाउन प्रहरीहरुको इकाई गाउँगाउँसम्म पुगेको छ भत्रुभयो । कार्यक्रममा उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबाबु थपलिया र सहन्यायाधिवक्त्त कोषहरि निरौलाले पनि फौजदारी अपराधका विषयमा अनुसन्धानमा समावेश गर्नु पर्ने विषयहरुका बारेमा चर्चा गर्नुभएको थियो ।
गोष्ठीमा प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुख, ३८ वटा अनुसन्धान इकाईका प्रमुख वा प्रतिनिधि सहभागी रहेका छन् भने फौजदारी अपराधका मुद्दामा गहन अध्ययन, अनुसन्धान गरी फौजदारी न्याय निरुपण, अनुसन्धानलाई कञ्चन बनाउन, समाजको विकाससँगै प्रविधिको विकास भएको र सोही अनुसार अपराध पनि बढ्ने गरेकाले वैज्ञानिक अनुसन्धान गर्ने, अनुसन्धानकर्तालाई तिखो, धारिलो, सक्षमबनाई अनुसन्धालाई बलियो बलियो बनाउन गोष्ठीको उद्देश्य रहेको प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले समस्या पहिचान एवं समाधानका उपायक र भ्रमहरु हटाउन, हिरासत व्यवस्थापन, सीमा अपराध, अपराधलाई वैज्ञानिक बनाई न्याय निरुपण गर्न, अदालतका फैसला कार्यान्वय गराउन सो गोष्ठी, एक जिल्लाले गरेको विशेष अनुसन्धानका बारेमा अन्य जिल्लाका अधिकारीहरुलाई जानकारी गराउनु र साझा अवधारण बनाउन गोष्ठीमा छलफलको विषय भएको प्रहरी नायव महानिरीक्षक ढकालको भनाई छ ।
प्रतिक्रिया