साउदी अदालतले बिद्या वारिधि महिला विद्यार्थीलाई ट्विट गरेको भन्दै ३४ बर्षको कैद सजाय

इनेप्लिज २०७९ भदौ २ गते १६:५९ मा प्रकाशित

O

साउदी अदालतले बिद्या वारिधि महिला विद्यार्थीलाई ट्विट गरेको भन्दै ३४ बर्षको कैद सजाय सुनाएको छ ।

एविसिन्यूजका अनुसार साउदी अदालतले महिला विद्यार्थीलाई “अफवाह” फैलाउने र असन्तुष्टहरूलाई पुन: ट्विट  गरेकोमा ३४ वर्षको जेल सजाय सुनाएको उल्लेख गरेको छ ।

बिहीबार प्राप्त अदालतको कागजातहरू अनुसार यो निर्णयले बढ्दो विश्वव्यापी निन्दा भएको  एविसिन्यूजले समाचार लेखेको छ।

वाशिंगटनमा रहेको मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बेलायत फर्कने योजना गर्नुभन्दा केही दिन अघि जनवरी १५, २०२१ मा अल-शेहाबलाई पारिवारिक बिदामा हिरासतमा राखिएको थियो।

एसोसिएटेड प्रेसले प्राप्त गरेको कानुनी कागजातहरूका अनुसार  उनको मुद्दा अदालतमा पठाउनु अघि अल-शेहाबले न्यायाधीशहरूलाई २८५ दिन भन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिईन ।

प्रतिक्रिया