अमेरिकामा बिगत २४ घन्टामा कोभिड-१९ बाट ९८ हजार संक्रमित ,४९१ जनाको मृत्यु

इनेप्लिज २०७९ भदौ २ गते १०:५१ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ९८ हजार ३ सय ३७ जना संक्रमित भएका छन् ।

यसै गरि बिगत २४ घन्टामा ४९१ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक अगस्त १८ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दरमा १८ % घटेको छ भने अहिले सम्म कूल ९ करोड ३० लाख ७५ हजार ८ सय संक्रमित भएका छन् । हाल अस्पतालमा ४१ हजार २ सय ६४ जना भर्ना भएका छन् । त्यसै गरि सघन कक्ष(आइसियु)मा ४ हजार ८ सय ६४ जना भर्ना भएका छन् भने ३ % भर्ना दर घटेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख ३५ हजार १ सय ९४ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । मृत्यु दर ३ प्रतिसत वृद्धि भएको छ ।

अमेरिकामा हाल सम्म २२ करोड लाख ३४ हजारले ५७ हजार १ सय ७० पूर्ण खोप लिई सकेका छन । १८ बर्ष भन्दा माथिका ले ७७ % पूर्ण खोप लागेका छन् । कम्तिमा १ खोप लगाउनेको संख्या २६ करोड १९ लाख ८१ हजार पुगेको छ ।

प्रथम अभिवर्धक खुराक (बुस्टर डोज ) लगाउनेको संख्या १० करोड ७८ लाख ७२ हजार ७ सय ३८ पुगेको छ ।

प्रतिक्रिया