गीतकार शंकर अधिकारी घायलद्वारा रचना गरिएको नयाँ भजन सार्वजनिक

इनेप्लिज २०७९ भदौ २ गते ९:४९ मा प्रकाशित

गीतकार शंकर अधिकारी घायलद्वारा रचना गरिएको नयाँ भजन सार्वजनिक भएको छ ।

‘मेहरम जय भोले…’ बोलको उक्त भजनमा गायक बाबुल गिरी तथा गायिका नित्याशिवाको स्वर सुन्न सकिन्छ । यो भजनमा गायक गिरीकै संगीत तथा संगीत संयोजन रहेको छ ।

यो शिव भजनको भिडियो बाबुल गिरी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भजनको भिडियोमा राहुल कोइरालाको छायांकान तथा कल्पेस बिकको सम्पादन छ । भिडियोलाई गीतकार घायलले नै निर्देशन गरेका हुन् ।

प्रतिक्रिया