अमेरिकी संसद बिद्रोह पछि ट्रम्पको कट्टर बिरोधि रिपब्लिकनकी अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए

इनेप्लिज २०७९ भदौ १ गते १०:५६ मा प्रकाशित

अमेरिकी संसद बिद्रोह पछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर बिरोधि र महाअभियोगमा समर्थन गरेकी रिपब्लिकनकी ससक्त अमेरिकी सांसद लिज चेनीलाई ट्रम्पले प्राथमिक निर्वाचनमा हराए दिएका छन् ।

ट्रम्पको रिपब्लिकनमा ठूलो प्रभाव रहेको र उनले जसलाई समर्थन गरे उनीहरुको जीत हुने निकै सम्भावना रहेको छ । ट्रम्प चेनी बिरुद्ध लागेका थिए  ।

उनले समर्थन दिएका उम्मेदवार उठाए र उनले बाजी मारेकी छिन ।

वायोमिङ रिपब्लिकनकी लिज चेनीले नराम्रो संग प्राथमिक निर्वाचनमा हार खानु परेको छ ।संसद आक्रमण र बिद्रोहमा ट्रम्प बिरुद्ध निरन्तर लागेकी चेनी बिरिध बिरुद्ध रिपब्लिकन लागेका थिए र उनलाई हराउनु नै उनीहरुको मुख्य लक्ष्य रहेको थियो । चेनी प्राथमिकमा चुनाव पराजय भए पछि उनि अमेरिकी सांसद हुन् बाट बाहिरिएकी छिन ।

उनले आफू निर्वाचन हारे पछि उनको रिपब्लिकनकी बिजयी उम्मेदवारलाई बधाई दिएकी छिन । रिपब्लिकन दल भनेको नै ट्रम्प हुन् । उनले नै यसको नेतृत्व गरि रहेका छन् । उनि बिरुद्ध लाग्नु भनेको उनका समर्थनले खेदो खन्नु र हराउनु मुखु लक्ष्य रहेको छ ।

चेनीले आफ्नो स्थान गुमाएताट्रम्प विरुद्ध उनको लडाई जारी रहने बताएकी छिन् ।

गत मंगलबार अगस्त १६ का दिन भएको प्राथमिक निर्वाचनमा ह्यारीट हेगम्यानलाई ११३,०२५ मत अर्थात् ६६.३ प्राप्त भएको छ भने लिज चेनीले ४९,३१६ मा अर्थात् २८.९ प्रतिसत मात्र मत पाएकी छिन । उनले हार स्वीकार गरेकी छिन् ।

“यो प्राथमिक चुनाव सकिएको छ, तर अब वास्तविक काम सुरु हुन्छ,” चेनीले ट्रम्पलाई लिने भावी राजनीतिक योजनाहरूमा टाउको हल्लाउदै भनिन ।

हेगम्यान ट्रम्पद्वारा समर्थित एक वकिल हुन् जो एक समय चेनीका समर्थक थिइन् ।

 

प्रतिक्रिया