अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण

इनेप्लिज २०७९ भदौ १ गते १:३८ मा प्रकाशित

अमेरिकी सेनाले क्यालिफोर्नियाबाट निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।  ताइवान नजिक चीनले सैन्य विमान र छवटा नौसैनिक जहाजहरू ल्याए पछि यो परीक्षण आएको हो ।

अमेरिकी सेनाले “राष्ट्रको आणविक प्रतिरोधको घातकता र प्रभावकारितामा विश्वास प्रदान गर्न” मंगलबार एक निशस्त्र अन्तरमहादेशीय प्रक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)को परीक्षण गरेको युपीआईले समाचार लेखेको छ ।

वायुसेना ग्लोबल स्ट्राइक कमाण्ड(बिश्व प्रहार निर्देश )का अनुसार निशस्त्र माइनुटम्यान तृतीय आइसिबिएम शान्टा बारबरा काउन्टी क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेस(अन्तरिक्ष बल आधार)बाट बिहान १२.४९ प्रक्षेपण गरिएको थियो।

हाम्रो आणविक ट्रायड हाम्रो देश र विश्वभरका हाम्रा सहयोगीहरूको राष्ट्रिय सुरक्षाको आधारशिला हो ,५७६ औं उडान परीक्षणका क्रिस क्रुजले एक विज्ञप्तिमा उक्त कुरा जनाएका छन् ।

यसले करिव ४,२०० माइल यात्रा गरेको बताईएको छ । निशस्त्र माइनुटम्यान तृतीय आइसिबिएम प्रणालीको ३०० भन्दा बढी परीक्षणहरू गरि सकिएको छ।

प्रतिक्रिया