अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित ,हल्का लक्षणहरू

इनेप्लिज २०७९ भदौ १ गते ०:३५ मा प्रकाशित

 

अमेरिकी प्रथम महिला जिल बाइडेन कोरोना संक्रमित भएकी छिन । परीक्षण गर्दा कोभिड-१९ बाट संक्रमित भएकी र “हल्का लक्षणहरू” अनुभव गरिरहेकी ह्वाइट हाउसले मंगलबार घोषणा गरेको छ ।

राष्ट्रपति जो बाइडेनले हालसालै कोभिड-१९ बाट निको भएपछि जाँच गरे पछि सावधानीका रूपमा १० दिनसम्म घरभित्र मुखावरण (मास्क)लगाउने छन्।

राष्ट्रपति बाइडेन र प्रथम पहिला साउथ क्यारोलिनामा अगस्त १० देखि छुट्टी मनाउँदैछन । ७१ वर्षीया प्रथम महिलाले सोमबार लक्षणहरू अनुभव गर्न थालेकी हुन् ।

जिल बाइडेनले दुई पूर्ण खोप र दुई अधिवर्धक खोप (बुस्टर डोज)लगाई सकेकी छिन । उनलाई प्रति विषाणु (एन्टिभाइरल )औषधि प्याक्सलोभिड सिफारिस गरिएको छ । कम्तिमा पाँच दिनको लागि उनलाई घरमा अलग्गै एकान्तवासमा राखिनेछ।

प्रथम महिला नजिक सम्पर्कमा रहेकाहरूलाई सूचित गरिएको छ।

प्रथम महिलाकी सञ्चार निर्देशक एलिजाबेथ अलेक्ज्याण्डरले एक विज्ञप्ति मार्फत “उनी हाल साउथ क्यारोलिनाको निजी निवासमा बसिरहेकी छिन् र उनले लगातार दुईवटा संक्रमित मुक्त भएको नतिजा प्राप्त गरेपछि घर फर्कनेछन्।”भनि जनाएकी छिन ।

प्रतिक्रिया