स्वास्थ्य मापदण्ड पालना गरी राधाकृष्ण रथयात्रा निकाल्नु – मुख्यमन्त्री राई निर्देशन

इनेप्लिज २०७९ साउन ३१ गते २२:४६ मा प्रकाशित

 

मोरङ,३१ साउन(रासस):प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय विराटनगरमा मङगलवार बसेको प्रदेश एवं मोरङ जिल्ला सुरक्षा प्रमुखहरुको वैठकमा राधाकृष्ण रथयात्रा सञ्चालनका सम्वन्धमा कोभिड सङक्रमणलाई ध्यानमा राखी नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी रथयात्राको व्यवस्थापन गर्न निर्देशन दिनुहुदै ।रथयात्रा श्रीकृष्णजन्माष्टमिको भोलि पल्ट निकालिन्छ । तस्बिर : सौजन्य÷मुख्यमन्त्री सचिवालय ÷रासस

विराटनगर,३१ साउन ।प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउना गरी व्यवस्थित रुपमा रथयात्राको प्रबन्ध गर्न प्रदेशस्थित सुरक्षा प्रमुखहरूलाई आज यहाँ निर्देशन दिनुभएको छ ।

उहाँले प्रदेशको धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको राधाकृष्ण रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रथयात्रा तथा सञ्चालन हुने स्थानका बारे जानकारी लिएपश्चात् मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । उक्त रथयात्रामा मोरङ, सुनसरी, झापा जिल्लाका साथै छिमेकी देशमा भारतका लाखौंको सङ्ख्यामा भक्त्तजनहरू सहभागी हुने गर्छन् ।

राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गर्दै झाँकीबाहेकको रथयात्रा निकाल्ने तयारी गरेको छ ।

मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुखसहित मोरङस्थित सुरक्षा अधिकारीहरू उपस्थित रहेको थियो ।

प्रतिक्रिया