बाइडेनद्वारा स्वास्थ्य,जलवायु र कर बिधेयकमा हस्ताक्षर , उनको कार्यसूचीको ऐतिहासिक जीत

इनेप्लिज २०७९ साउन ३१ गते २२:४० मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले मंगलबार डेमोक्र्याटहरुको महत्वपूर्ण कार्यसूची मध्येका जलवायु, स्वास्थ्य र कर विधेयकमा हस्ताक्षर गरेका छन् ।

बाइडेनले ७५० बिलियन डलरको विधेयकमा हस्ताक्षर गरेका हुन् । डेमोक्र्याटिक दलको लागि यो ठूलो जीत हो।

बाइडेनले मुद्रास्फीति न्यूनीकरण ऐन भनिने कानून “हाम्रो इतिहासको सबैभन्दा महत्त्वपूर्ण कानूनहरू मध्ये एक हो।” भने ।

जुन मध्यावधि चुनावको लागि यसले निकै महत्व राख्ने अनुमान गरिएको छ । यसले आगामी नोभेम्बरमा हुने सिनेटको निर्वाचनमा केही फरक ल्याउन सक्ने संचार माध्यमले जनाएका छन् ।

तीन महिना भन्दा कम समयमा बाइडेनको लागि आफ्नो घरेलु कार्यसूची (एजेन्डा)को लागि ठूलो उपलब्धि हो भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

ह्वाइट हाउसमा बाइडेनले मुद्रास्फीति न्यूनीकरण ऐनलाई “अमेरिकाको भविष्य उज्ज्वल छ र अमेरिकाको वाचा वास्तविक र भर्खर सुरुवात भएको छ ” भन्ने थप प्रमाणको रूपमा दाबी गरे।

अमेरिकी जनताको जित भएको बताए ।

प्रतिक्रिया