पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप

इनेप्लिज २०७९ साउन ३१ गते ११:३२ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाले विश्वव्यापी मामिला र विशेषगरी एसियामा अस्थिरता र युक्रेनमा युद्ध लम्ब्याएको आरोप लगाएका छन् ।

मस्कोमा मङ्गलबार अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनको उद्घाटनमा प्रस्तुत गरिएको अङ्कियदृश्य (भिडियो) सन्देशमा पुटिनले अमेरिकाले रुसविरुद्धको युद्धमा युक्रेनलाई समर्थन गरेर विश्वव्यापी तनाव बढाएको र वाशिङ्टनले चीन र ताइवानबीच तनाव निम्त्याएको आरोप लगाए।

“युक्रेनको अवस्थाले यो देखाउँछ कि संयुक्त राज्य अमेरिकाले यो द्वन्द्वलाई लम्ब्याउने प्रयास गरिरहेको छ। अमेरिकाले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा द्वन्द्व भड्काएर ठ्याक्कै त्यस्तै काम गर्छन्, ”पुटिनले संदेशमा भने।

एक पटक फेरि संयुक्त राज्य अमेरिकाले जानाजानी आगोमा ईन्धन थप्न र ताइवानको अवस्थालाई हलचल गर्ने प्रयास गर्यो भनि आरोप लगाए भनि सिएनएनले समाचार लेखेको छ ।

ताइवानको सम्बन्धमा अमेरिकी साहसिक कार्य व्यक्तिगत गैरजिम्मेवार राजनीतिज्ञको यात्रा मात्र होइन तर उद्देश्यपूर्ण सचेत अमेरिकी रणनीतिको अंश हो ,उनले भने ।

“हामी यसलाई सावधानीपूर्वक योजनाबद्ध उत्तेजनाको रूपमा हेर्छौं,” उनले थपे।

बहुध्रुवीय विश्व व्यवस्थाको रूपरेखा बनिरहेको उनले बताए । । विश्वका धेरै देश र जनताले आफ्नो पहिचान, परम्परा र मूल्यमान्यताका आधारमा स्वतन्त्र, सार्वभौम आत्म-विकासको बाटो रोजिरहेका छन्, पुटिनले सम्मेलनका सहभागीहरूलाई भने।

प्रतिक्रिया