अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते ,अनुसन्धान जारी

इनेप्लिज २०७९ साउन ३१ गते ११:१४ मा प्रकाशित

अमेरिकाको टेनेसीको एक अस्पतालमा गोलीबारी हुँदा कम्तिमा ७ जना घाइते भएको संक्षिप्त समाचार संचार माध्यमले श्रोत नखुलाई समाचार प्रकाशित गरेका छन् । अनुसन्धान जारी रहेको र अहिले अमेरिकाको मंगलबार बिहान घटना भएको बताईएको छ ।

प्रहरीले मेम्फिसको मेथोडिस्ट नर्थ हस्पिटल (अस्पताल)मा गोलीकाण्ड भए पछि त्यहाँ पुगेका छन् । अस्पतालमा कम्तीमा ७ जना घाइतेको उपचार भइरहेको स्रोतले जनाएको छ तर बिहान ५ बजेसम्म प्रहरीले पुष्टि गरेको छैन भनि डब्लुआरइजी डटकमले उल्लेख गरेको छ ।

स्रोतका अनुसार अस्पताललाई तालाबन्दी गरिएको थियो। अस्पतालले बिहान ३ बजेभन्दा अगाडी मानिसहरूलाई बाहिर जान अनुमति दिन थालेको छ ।

अस्पताल वरपरका सडक अवरुद्ध भएका छन भने गोली चलेको स्थान प्रहरीले पुष्टि गरेको छैन ।

एक अर्ध-स्वचालित राइफल न्धन चौकी निर जमीनमा भेटिएको छ भनि डब्लुआरइजी डटकमले समाचार लेखेको छ ।

तस्बिर कृतज्ञता :डब्लुआरइजी डटकम

प्रतिक्रिया