कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना

नातिबाबु भट्ट २०७९ साउन ३१ गते १:२८ मा प्रकाशित

नातिबाबु भट्ट
कोलोराडो अमेरीका
अगष्ट १५, २०२२

कोलोराडो नेपाली समुदायका एक बाल सदस्यको आईतबार दिउंसो  दुखःद घटनामा निधन भएको छ ।

कोलोराडो स्थित बोल्डर निवासी राजेश बिष्टको ५ बर्षिया छोरी बेला बिष्टको आईतबार दिउसो यूटाबाट कोलोराडो फर्कदै गर्दा गाडी दुर्घटनामा परि दुखःद निधन भएको हो ।

गाडीमा सवार ५ जना मध्ये बिष्ट आमालाई टाउकोमा चोटलागेको र अन्य ३ जना राजेश, उनका धर्मपत्नी बिजिना के.शी , सानो छोरी सकुशल रहेका छन् । उनीहरु ट्याक्सी लिएर यूटाबाट सोमबार बिहान बोल्डर आई पुगेको बिष्टका छिमेकी दिनेश कार्कीले बताएका छन् । मृतक बेला बिष्टको शव भने यूटाकै अस्पत्तालमा रहेको बताईएको छ । राजेशका २ छोरी मध्ये मृतक जोठी छोरी भएको भएको कार्की बताउछन् ।

यसरी कोलोराडोमा नेपाली समुदायमा एक पछि आर्को दुखःद घटना घटिरहंदा पुरै समुदाय स्तब्ध हुन पुगेको छ । यस अघी गत अप्रील १९ तारिकका दिन बोल्डर निवासी देवराज साप्कोटाको बाटो काट्ने क्रममा गाडीले ठक्कर दिदा निधन भएको थियो ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया