‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त

विजय थापा २०७९ साउन ३१ गते १:२१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना)ले आयोजना गरेको भकुण्डो प्रतियोगितामा बाल्टिमोरकै बाल्टिमोर एथलेटिक क्लब((बिएसी)ले बाना कप हात परेको छ।

बिजयी संगै बिएसीले २ हजार ५ सय ५५ डलर तथा पदक प्राप्त गरेको छ भने उपविजेता रहेको बानाले १ हजार ५ सय ५५ डलर प्राप्त गरेको छ ।

गत आइतबार अगस्त १४ का दिन अन्तिम निर्णायक खेल प्रतियोगितामा बिएसीले बाना भकुण्डो टोलीलाई हराउदै बाना कप २०२२ को उपाधि हासिल गरेको छ । आयोजक बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) लाई ४-३ गोलले हराउदै बिएसीले बाजी मारेको छ ।

खेलको निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीले गोल हान्न नसके पछि बिएसी ले १ गोल ज्यादा हान्दै ४-३ अग्रता संगै यसबर्षको बाना कप २०२२ जितेको छ । प्रत्यियोगीतामा कुल ८ वटा खेलटोलीले भाग लिएका थिए भने प्रतियोगिता दुई दिन सम्म चलेको थियो ।

बाल्टिमोर एथलेटिक क्लब((बिएसी )का सुमन राई उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता प्रविण बस्नेत म्यान अफ दि म्याच पनि घोषित भएका थिए । प्रतियोगितामा बानाका अध्यक्ष सुबोध पन्त ,प्रभु थापा ,एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्थ लगायतले पुरस्कार बितरण गरेका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन् भने उनका अनगिन्ती लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन् । साथै ,उनले हरेक दिन दर्जनौ मूलधारका समाचार ,सामुदायिक समाचार र बिश्वभरिका दैनिक अन्तर्राष्ट्रिय समाचार ,अन्तर्वार्ता र स्वास्थ्य सम्बन्धि  कार्यक्रम संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया