सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै ,वायु-प्रवाहक हटाईयो

इनेप्लिज २०७९ साउन ३० गते १:१३ मा प्रकाशित

न्यूयोर्कमा छुरा प्रहारबाट गम्भीर घाइते भएका द सेटानिक भर्सेसका लेखक सलमान रुस्दीको स्वास्थ्य स्थिति सुधार हुदै गएको बताईएको छ । उनलाई भेन्टिलेटर (वायु-प्रवाहक )हटाईएको छ ।

लेखकका छोरा जफर रुस्दीले आइतवार एक विज्ञप्तिमा बुबा “गम्भीर अवस्थामा हुनु हुन्छ ” र अस्पतालमा “व्यापक चिकित्सा उपचार” जारी रहेको जनाएका छन् ।

“हामी अत्यन्तै राहत पाएका छौं कि हिजो उहाँलाई ,वायु-प्रवाहक (भेन्टिलेटर) र थप अक्सिजनबाट हटाइयो र उहाँ केहि शब्दहरू भन्न सक्षम हुनुभयो,” जफर रुस्दीले बिज्ञप्तिमा भने।

उहाको उपचारको लागि खटिने चिकित्सक ,प्रहरीहरु जसले प्राथमिक उपचारमा अहम भूमिका निर्वाह गर्नु हुने सबै दर्शक/श्रोताप्रति धेरै आभारी छौं भनि बिज्ञप्तिमा लेखिएको छ ।

७५ वर्षीय रुस्दीलाई गत शुक्रबार बिहान १० बजेर ४७ मिनेटमा पश्चिमी न्यूयोर्कको शुटाक्वा संस्थानको मञ्चमा बोली रहदा छुरा प्रहार गरिएको थियो ।

घटनास्थलबाटै २४ वर्षीय हादी मतरलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया