अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान

इनेप्लिज २०७९ साउन २९ गते १९:५० मा प्रकाशित

अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किए पछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान भएको छ । ताजा जानकारी अनुसार उक्त व्यक्ति डेलावेयरको भएको पुष्टि भएको छ ।

प्रहरीले उनि २९ बर्षिय रिचार्ड ए योर्क भएको बताएका छन् । आज बिहान आइतबार भएको घटनामा संसदका लागि खटिएका प्रहरीले उक्त व्यक्तिले आफैले गोली हानेको बताएका थिए ।

अगस्त १४ आइतबार विहान ४ बजे पछि उक्त घटना भएको थियो ।

उक्त व्यक्तिले आफ्नो कार (सवारी साधन )ले पूर्वी क्यापिटल मार्ग रहेको घेरालाई ठक्कर दिएका थिए ।

त्यसपछि उनि गाडीबाट बाहिर निस्के र गाडीमा आगो लागेको प्रहरीले बताए । त्यस पछि उनले कैयौ गोली आकाश तर्फ हावामा हानेको प्रहरी बिभागले बताएको थियो ।

त्यसपछि प्रहरी अधिकारीहरू उनी नजिक पुग्दा उनले आफैलाई गोली हानेका थिए ।

प्रतिक्रिया