जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते

इनेप्लिज २०७९ साउन २९ गते १३:४३ मा प्रकाशित

इजरायलको राजधानी जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते भएका छन । आइतबार बिहान जेरुसेलमको पुरानो शहरको वेस्टर्न वाल(पश्चिमी पर्खाल) नजिकै एउटा यात्रीयान)बसलाई लक्षित गरी गरिएको गोलाबारीमा पाँच अमेरिकी सहित कम्तीमा आठ जना घाइते भएका छन्।

स्थानीय समय अनुसार आइतबार बिहान १:३० बजे प्रहरीले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन “हतियार लिएर आएका एक आतंककारीले जेरुसेलमको पुरानो शहर नजिकैको सवारी साधन अड्डा (पार्किङ )स्थलमा यात्रीयान (बस )र सवारी साधनमा गोली हानेका छन्।”

अस्पतालका अनुसार दुई अमेरिकीको हदासाह चिकित्सा केन्द्र (मेडिकल सेन्टर)मा र तीन जनाको शारे जेडेक चिकित्सा केन्द्र(मेडिकल सेन्टर)मा उपचार भइरहेको छ।

घाइते मध्ये कम्तिमा दुई अमेरिकी पर्यटक भएको अस्पतालले जनाएको छ । इजरायली सञ्चारमाध्यमले यसअघि चार अमेरिकी पर्यटक र एकै परिवारका सदस्य घाइते भएको बताएको थियो।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ६ जना सामान्य घाइते रहेको आपतकालीन सेवाले जनाएको छ । घाइते मध्ये एक गर्भवती थिइन्, र आकस्मिक शल्यक्रिया गरिएको छ । आमा र बच्चा दुवैको अवस्था गम्भीर रहेको शारे जेडेक अस्पतालले जनाएको छ ।

जेरुसेलमस्थित अमेरिकी दूतावासले आक्रमणबाट आफूहरू “स्तब्ध र दुःखी” भएको बताएको छ। पीडितहरू मध्ये अमेरिकी नागरिकहरू भएकोर थप जानकारी सङ्कलन गरिरहेका छन् ।

दूतावासका प्रवक्ताले सिएनएनलाई दिएको एक विज्ञप्तिमा हामी सबै आतंकवादी कार्य र तनाव बढाउने कार्यको कडा निन्दा गर्दछौं भनिएको छ ।

तस्बिर कृतज्ञता : जेरुसेलम पोस्ट

प्रतिक्रिया