श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!

इनेप्लिज २०७९ साउन २९ गते १३:२३ मा प्रकाशित


नेपालीहरुको महान चाड श्रीकृष्णजन्माष्टमी बि.सं. २०७९ को शुभ अवसरमा यहांहरु सम्पूर्णमा सुख, शान्ति, समृद्धि एवं उन्नति र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना !

साथै यही अगष्ट १९ तारिकमा न्याक परिशरमा आयोजना हुने श्रीकृष्णाष्टमी प्रवचन, पूजा आरधना र भजन कीर्तनमा देहाय बमोजिम उपस्थित हुनुहुन सवै भक्तालुहरुलाई हार्दिक अनुरोध गरिन्छ । भाद्र कृष्ण अष्टमीका दिनमा हरेक साल हिन्दू धर्मावलम्बीले धुमधामसंग मनाउने पर्व श्री कृष्णजन्माष्टमी भगवान कृष्णको शुभजन्मोत्सवको दिन हो । श्रीकृष्णलाई भगवान विष्णुको आठौं अवतारको रूपमा पनि मानिन्छ ।

श्रीकृष्णले गीतामा भन्नुभएको छ- “जब जब पृथ्वीमा धर्मको नाश हुन्छ, तबतब मैले अवतार लिएर धर्मको रक्षा गर्नेछु ।”

आउने शुक्रबार बेलुका आचार्य शोभाकान्त ढकालबाट हुने प्रवचन र कीर्तन टोलीबाट गरिने भजन कीर्तनमा यहांहरुको उपस्थिति रहने विश्वास लिएका छौं ।

स्थानः10501 Balls Ford Rd, Manassas VA 20109
मिति र समयः August 19, Friday, 5 pm!

प्रार्थीः
नेपाली अमेरिकन सामुदायिक केन्द्र,

प्रतिक्रिया