अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा

इनेप्लिज २०७९ साउन २९ गते १३:०२ मा प्रकाशित

अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा पुगेका छन् ।

म्यासाचुसेट्स डेमोक्र्याटिक सेन एड मार्कीको नेतृत्वमा अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डल अघोषित दुई दिने भ्रमणमा ताइपेई आइपुगेको ताइवानको विदेश मन्त्रालयका प्रवक्ता जोआन ओउले आइतबार राति एक विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिनिधिमण्डलमा डेमोक्रेटिकका जन प्रतिनिधि सांसद जोन गारामेन्डी, एलन लोवेन्थल, डन बेयर र अउमुआ अमाता कोलम्यान राडेवागेन पनि रहेका छन भनि सिएनएनले समाचारमा जनाएको छ ।

उक्त समूहले भ्रमणको क्रममा ताइवानका राष्ट्रपति साई इङ-वेन र विदेशमन्त्री जोसेफ वुसँग भेट गर्नेछ र ताइवानको संसदको विदेश मामिला र राष्ट्रिय रक्षा समितिसँग सुरक्षा र व्यापारका विषयमा छलफल गर्ने मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले प्रतिनिधिमण्डललाई ईमानदारीपूर्वक स्वागत गरेको छ भने बेइजिङसँग बढेको तनावको बाबजुद ताइवानप्रति अमेरिकाको बलियो समर्थन प्रदर्शन गरेकोमा उनीहरूलाई धन्यवाद दिएको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीद्वारा यस महिनाको सुरुमा ताइवानको यात्रा पछि यो भ्रमण भएको हो । सभामुखको भ्रमण पछि अमेरिका-चीन सम्बन्ध केही बिग्रिएको छ ।

तस्बिर कृतज्ञता : ताइवन टुडे

प्रतिक्रिया