काठमाडौं क्षेत्र नं. २ बाट संसदीय चुनाव उठ्ने कुन्तीदेवी पोखरेलको घोषणा

इनेप्लिज २०७९ साउन २९ गते २:४० मा प्रकाशित

 

काठमाडौं । राप्रपा पार्टीको केन्द्रिय सदस्य कुन्तीदेवी पोखरेलले आफु संसदीय चुनाव उठ्ने घोषणा गरेकी छन । राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव उठन लागेको उनले बताईन । शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको (राप्रपा) बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रम उनले सो कुरा बताएकि हुन् ।

कार्यक्रममा उपस्थित राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देल , पुर्व अध्यक्ष पशुपति शम्सेर जबरा, पुर्व अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णे ध्वजको उपस्थिति रहेको थियो । पोखरेले प्रचण्ड दिल्ली गएर नागरिकता विधेक पास गरेकोमा उनले यस्को बिरोध गरेकी छन । यस्तै हो भने तिन करोड नेपाली छ करोड हुन कति पनि समय नलाग्ने र केहि समय पछि हाम्रो कार्यकारी पदमा पनि भारतीय नगरिकको प्रवेश हुनसक्ने र केहि समयपछि नेपाल देशको पनि अस्तित्व नरहने विषय प्रति आपत्ति जनाएकि छन् । “त्यसैले म अगाडि बढेको छु, तपाइहरुको साथ सहयोग चाहिन्छ, तपाईहरुको सामु म काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाब लडदै छु, पार्टीको आशीर्वाद र पार्टीको एउटा बिधिबाट म उम्मेदवारका रुपमा छानिय भने बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु” कुन्तीदेवी पोख्रेल भनिन् ।

हामो एजेन्डा राजा चाहिन्छ भन्ने विषयलाइ प्रचार प्रसार गरिदिएको भन्दै नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई धन्यवाद व्यक्त गरेकी थिईन पोखरेले । सबै नेतालाइ राप्रपाको एजेन्डा मन परेको उनको भनाइ छ । यस्तै पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ राप्रपासँग गठबंधन गरेर दुई पार्टी मिलेर देश जोगाउन सहकार्य गरेर चुनाब लडन आग्रह गरेकि छन् ।

“जित पक्का छ भनेर मात्र हुदैन , घर घरमा एजेन्डा स्थापित गर्न जानुपर्छ , जनतालाई एजेन्डा बुझाउनु सक्नुपर्छ, एक भयर लाग्नु पर्छ” उनले भनिन् । महाधिवेशनमा नम्बर वान भोट ल्याएर जितेको नाताले म क्षेत्र नम्बर २ मा संसदिय चुनाव उठन पाउ भनेर पार्टीलाइ पनि अनुरोध गरेकि छिन् ।

“काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदीय चुनाब जित्छ जित्छ , कुन्ति पोखरेल आउछ आउछ” भन्दै आफुले जित्ने आधार प्रस्तुत गरिन । वडा, प्रदेश, क्षेत्र सबै ठाँउबाट सर्बसम्बत रुपमा सबैको सहमति भएर आयो भने म चुनाब जित्छु पोख्रेलको दाबी छ । यस्का साथै एता उता केही नगरि सबै साथीहरुलाइ आफुलाई साथ् सहयोग गर्न अनुरोध गरेकि छन् ।

प्रतिक्रिया