मोरङ,२७ साउन(रासस) मातृभूमि फाउण्डेशन नेपाल विराटनगरद्वारा अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा शुक्रवार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरु । तस्बिर मनोज दाहाल ÷रासस
विराटनगर,२७ साउन । क्षमता, योग्यता,नयाँ उर्जाले पूर्ण भएका युवाहरुलाई राज्यका हरेक अङ्गमा प्रतिनिधित्व हुनु पर्नेमा बताइएको छ।
मातृभूमि फाउण्डेशन नेपाल विराटनगरद्वारा अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आज यहाँ आयोजित अन्यरक्रिया कार्यक्रममा सहभागीहरुले समृद्ध र सु–सम्म्पन्न मुलुक निर्माणमा युवाहरुलाई सहभागी गराउनु पर्ने सुझाव सहभागीहरुले दिएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले राजनीति, समाजसेवा र अर्थतन्त्रलाई चयालमान गराउन युवाहरु सक्रिय रुपमा लाग्नु पर्ने बताउनु भयो ।
मोरङ,२७ साउन(रासस)ः मातृभूमि फाउण्डेशन नेपाल विराटनगरद्वारा अन्तराष्ट्रिय युवा दिवसको उपलक्ष्यमा शुक्रवार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विराटनर महानगरपालिकाका प्रमुख नागेश कोइराला। तस्बिर ; मनोज दाहाल ÷रासस
उहाँले युवा लक्षित कार्यक्रममा महानगरपालिकाले सदैव सहयोग रहने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
नेकपा एकीकृत समाजवादीका युवा नेता वसिम आलमलले विकसित नयाँ प्रविधिमा दक्ष रहेका युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर राज्यले सहयोग गर्नुपर्ने धारणा राख्नु भयो ।
फाउण्डेशनका अध्यक्ष चाँद इराकी, मधेश प्रदेशका अध्यक्ष सतार अन्सारी, उपाध्यक्ष कृटी श्रेष्ठ र इन्टनरनेशल कलेज विराटनगरका कार्यकारी अध्यक्ष ऋषिकेश वाग्लेले उद्यमशीलता, मुलुकमा सुशासन र समाज परिवर्तनमा युवाहरु क्रियाशिल हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा विभिन्न व्यवसायमा आवद्ध युवाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया