विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण

इनेप्लिज २०७९ साउन २७ गते १६:५० मा प्रकाशित

विश्व प्रसिद्ध लेखक सलमान रुस्दी माथी न्यूयोर्कमा आक्रमण भएको छ।

गत  शुक्रबार न्यूयोर्क राज्यमा एक कार्यक्रममा आक्रमण गरिएको प्रहरीहरुले बताएका छन ।

रुस्दीले शुक्रबार बिहान एक कार्यक्रममा बोल्ने कार्यक्रम रहेको समाचार एविसीन्यूजले समाचार लेखेको छ।

बिहान करिब ११ बजे एक व्यक्ति दौडेर मञ्चमा पुगे र रुस्दी र एक अन्तर्वार्ताकारलाई आक्रमण गरेको न्यूयोर्क प्रहरीले बताए।

रुस्दीको घाँटीमा चक्कुको चोट लागेको र उनलाई उदग्रबिमान( हेलीकप्टर)बाट अस्पताल लगिएको प्रहरीले जनाएका छन ।

उनको अवस्था अझै अज्ञात छ ।

रुस्दी बोलिरहेको कार्यक्रममा छुरा प्रहार भएको पुष्टि गरेको छ।

संदिग्ध व्यक्तिलाई राज्यको सुरक्षाकर्मीले हिरासतमा लिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया