अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु ,३ जना घाइते

इनेप्लिज २०७९ साउन २७ गते ११:३० मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाइनाको एक ब्यायामशाला बाहिर गोलाबारी हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । नर्थ क्यारोलाइनाको ब्रेन्टवुड प्रहरीका अनुसार त्यहाँको २४ आवर फिटनेस (२४ सै घण्टा खुल्ने ब्यायामशाला)मा उक्त घटना भएको बताएका छन् ।

उक्त व्यायामशालामा झगडाका कारण भएको गोलीकाण्ड हुँदा एक जनाको मृत्यु अन्य तीन जना घाइते भएका हुन् । ब्रेन्टवुड प्रहरीले एबीसी न्यूजलाई बताए अनुसार तीन जनालाई चोटपटक लागेपछि अस्पताल पुर्‍याइएको र र बाँच्ने आशा गरिएको छ ।

बिहान २ बजेपछि गोली चलेको थियो। झगडा व्यायामशाला भित्र, बास्केटबल खेल्ने स्थान नजिकै सुरु भयो र व्यायामशाला अगाडिको सवारी साधन रोक्ने स्थलमा बढ्दै गएको प्रहरीले बताए ।

कम्तिमा दुई जनाले बन्दुक निकाले र धेरै गोली चलाएको प्रहरीले बताएका छन् । कतिपय व्यक्ति घटनास्थलबाट भागेको प्रहरीले जनाएका छन् ।

गोली लागेका चार जनामध्ये एक २० वर्षका पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताए ।

दुईजना संदिग्धलाई नियन्त्रणमा लिएको छ तर कसैलाई पक्राउ गर्न नसकेको प्रहरी विभागले जनाएको छ ।

प्रतिक्रिया