क्यानडामा २८ औं अन्तरराष्ट्रिय आदिबासी दिबस सम्पन्नः कार्यक्रम स्थल नेपालमय

इनेप्लिज २०७९ साउन २७ गते ३:१० मा प्रकाशित

मिस्सिसागा, २८ औं अन्तरराष्ट्रिय आदिबासी दिबस क्यानडाको मिसिसागामा नेपालको झझल्को आउने गरि सम्पन्न गरेको छ। नेपाली जनजाति एसोसियसन क्यानडाको संयोजकत्वमा आयोजित उक्त कर्यक्रममा बृहत्तर टोरोन्टो क्षेत्र स्थित जनजातिय संस्थाहरुले आफ्नो संस्कृति , कला, नृत्य, भेषभुसा तथा परम्परगत खानाको प्रदर्शनले कार्यक्रम स्थल नेपालमय भएको थियो । कार्यक्रमको शुरुमा ह्योल्मो समाजले सबैको शुभ कल्याणको लागि पुजा गरिएको थियो भने नेपाल तथा क्यानडाको राष्ट्रिय गानको धून बजाइएको थियो।

“परम्परागत ज्ञानको संरक्षण र पुस्तान्तरणमा महिलाहरुको भुमिका” भन्ने नारामा केन्द्रित भएर मनाइएको उक्त कार्यक्रममा क्यानाडेली आदिबासीहरु तथा नेपाली जनजाति समुदायहरुले आफ्नो संघर्ष, अनुभब आदान प्रदान गर्नुको साथै संगीत एबम नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्नु हुदै आयोजक संस्थाका अध्यक्ष बीरकाजी गुरुङ्गले जनजातिय संस्ठा लगायत सबैको सक्रिय सहभागिता भएकोमा खुसी ब्यक्त गर्नु भयो।

कार्यक्रममा बोल्नु हुदै बाताबरण तथा आदिबासी अधिकारकर्मी तथा अभियन्ता जेनेथ लाराले कोलम्बिया र अमेजिनियामा कसरी आदिबासीहरुको संस्कृति र अधिकार गुमाए र हाल राजनैतिक शक्तिको माध्यम बाट खोसिएका अधिकार तथा संस्कृति प्रतिस्थापन हुदै गए भन्ने बारेमा जानकारी दिनु भयो। साथै उहाँले ओटावा स्थित गैर्ह नाफामुखि संस्था “माइनिङ वाच क्यानडा” संगको सहकार्यमा स्थानिय आदिबासीहरुको अस्तित्व , जमिन , बाताबरण को बिनास हुने गरि ब्यापारिक मनसायामा खानि उत्खनन गर्न नदिन वकालत गर्दै आएको बताउनु भयो। अर्का आदिबासी अधिकार कर्मी तथा रचनाकार/ गायक फर्नाण्डो बर्तीले आफ्नै रचनाको गीत प्रस्तुत गर्नु हुदै गीतको माध्यम बाट आदिबासी समुदायको एकताको बिगुल फुक्दै आएको बताउनु भयो ।

आदिबासी अधिकार कर्मी एबम “ल्याण्ड बायक अभियान”का अभियन्ता एमी स्मोक, बोगसिंमो जोन्स्टन तथा पाम लम्प्टेले आ आफ्नो अनुभब सुनाउनुको साथै आफ्नो समुदायको नृत्य र संगीत प्रस्तुत गरेका थिए।

संस्थाका सल्लाहकार डा. हरि गुरुङले १५ औं शताब्दिको मध्यतीर उपनिबेशको माध्यम बाट युरोप बाहिरका अदिबासीहरुको जमिन कब्जा गर्ने उद्देश्यको “डिस्कभरी ड्क्ट्रिन” बारे प्रकाश पार्नु भयो भने एन आर एन क्यानडाका अध्यक्ष दीपक गौतमले २८ औं अन्तरराष्ट्रिय आदिबासी दिबसको उपलक्षमा शुभकामना ब्यक्त गर्नु हुदै जनजाति समुदायले आ आफ्नो संंस्कृति, भाषा संरक्षण गर्न पाउनु पर्छ र यो मानबिय अधिकार हो भन्नु भयो ।

कार्यक्रमका अतिथि लुम्बिनि बौद्द बिस्वबिद्यालयमा प्राध्यापन गर्नु हुने बरिष्ठ आदिबासी अभियन्ता ध्यान बहादुर मोक्तानले बिगतमा आदिबासीहरुको कार्यक्रम गर्नु पर्दा धेरै कठीन भएको र हाल क्यानडा जस्तो प्रबासमा पनि नेपाली जनजातिहरुको यस्तो बिशाल भेलाले हामिमा पक्कै पनि सचेतना जागृत भएको छ भन्नु हुदै जनजाति समुदायको बिबिध संस्कृतिले नेपाललाई बिस्व भरी चिनाउन सफल भएको छ भन्नु भयो। सो कार्यक्रम्मा बोल्नु हुदै एन आर एन आइ सी सी का सचिब चिरन्जिबि घिमिरेले आफ्नो भाषा, संस्कृतिको ज्ञान दिन सकेमा मात्रै हाम्रो संस्कृतिको संरक्षण हुने बताउनु हुदै आजको यस प्रभाबकारी कार्यक्रमको लागि आयोजक बर्ग प्रति धन्यबाद ब्यक्त गर्नु भयो ।

अर्का अतिथि ओन्टारियो राज्यका प्रान्तिय सांसद माननिय दीपक आनन्दले जनजातिहरुको समुदायमा रहेका स्थानिय बाताबरण मैत्री शीपहरुको हस्तान्तरणमा आमा तथा दिदी बहिनीहरु भूमिकाको प्रशंसा गर्नु हुदै उहाहरु प्रति धन्यबाद ब्यक्त गर्नु भयो ।कार्यक्रममा आयोजक सस्ठाका संरक्षक चन्द्र राई तथा सल्लाहकार नबराज गुरुङ्ले कार्यक्रमको उपादेयता बारे प्रकाश पार्नु भएको थियो ।

अन्त्यमा कार्यक्रमका प्रमुख अतिथि पूर्ब सांसद , बुद्दिजिबि एबम महिला अधिकारबादी लक्ष्मी राईले आजको कार्यक्रम जनजातिहरुको लागि गौरबको कार्यक्रम भएको बताउनुहुदै यस्तै निरन्तर प्रयासले एकदिन हाम्रो सपनाले मूर्त रुप लिने छ भन्नु भयो । ” शिक्षानै उन्नतिको मुहान भएकोले हामिले बालबालिकाहरुको लागि शिक्षालाई सदैब पहिलो प्राथमिकतामा राख्नु पर्छ” उहाँले थप्नु भयो। साथै उहाँले सर्बाङ्गिण बिकासको लागि सबैको एकता आजको आबश्यकता हो भन्नु भयो ।

सो कार्यक्रममा बृहत्तर टोरोन्टो क्षेत्रमा रहेका जनजातिय संस्थाहरु तमु धिं,तामाङ सोसाइटीअफ क्यानडा, शेर्पा किद्युक सोसाइती,मगर संघ क्यानडा, ह्योल्मो समाज क्यानडा,किरात सोसाइटी अफ क्यानडा/किरात याक्थुम चुम्लुन्ङ टोरोन्टो, थारु समाज क्यानडा, क्यानेडियन नेवा गुठिका पदाधिकारीहरु सोम गुरुङ, बिनु लामा, दावा शेर्पा, चन्दा पुन, केसांग लामा ह्योल्मो, अर्जुन राई, सुरेन्द्र लावति,उत्तम माकजु लागायतका महानुभाबहरुले आ आफ्नै मातृ भाषामा शुभकामना तथा मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रमको शुरुमा बिभिन्न जनजातिहरुले आ आफ्नो भेषभुषामा सजियर बाजागाजा सहितको झाँकि प्रदर्शन गरिएको थियो भने आफ्नो आफ्नो समुदायका बिशेष खानाहरु सबैले रसस्वादन गर्न पाउदा सहभागिहरुले नेपालमै भएको जस्तो भएको प्रतिक्रिया जनाए । कार्यक्रमको अर्को आकर्षण बिभिन्न संस्थाहरुले प्रस्तुत गरेको हाक्पारे गीत, साकेला नाच, स्याब्रु छोलोला, कौडा नाच, धिमे नृत्य, कोइलामि छ्याबा, थारु समुदायको नृत्यले सबैको मन हर्षित बनाएको थियो । कार्यक्रमको उदघोषण कार्य आयोजक संस्थाका गोबा राई तथा ऐस्वर्य राईले गरेका थिए ।

प्रतिक्रिया