एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिए

इनेप्लिज २०७९ साउन २७ गते १:४४ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यको सिनसिनाटीको एफबीआईको कार्यालयमा प्रवेश गर्ने प्रयास गर्ने एक सशस्त्र संदिग्ध अधिकारीहरूसँगको विवादपछि मारिएको अधिकारीहरूले बताएका छन्।

ओहायो राज्य राजमार्ग गस्तीका अनुसार बिहीबार संदिग्ध मृत पाइएका छन । सहायक प्रहरी नाथन डेनिसले उक्त व्यक्तिसंग वार्ता असफल भएपछि प्रहरी अधिकारीहरूले संदिग्धलाई पक्रने प्रयास गरे तर संदिग्धले अधिकारीहरूलाई बन्दुक उठाए पछि उनलाई प्रहरीहरुले गोली हान्नु परेको बताए ।

तीन संघीय कानून प्रवर्तन स्रोतहरूका अनुसार ती व्यक्ति रिकी शिफर भएको बताएका छन् ।

संदिग्धलाई गाडी पछ्याउदा घन्टौ समय सम्म बाटो अवरोध भएको थियो ।

प्रहरीले पहिले हतियारधारी व्यक्ति बिहिबार बिहान ९:१५ मिनेट पूर्वीय समय सिनसिनाटीमा एफबीआई कार्यालयमा प्रवेश गर्ने प्रयास गरे। तर संदिग्ध व्यक्ति असफल भए र क्षेत्रबाट भागे भनि बताएका थिए ।

उनलाई ओहायो राज्यका एक प्रहरीले संदिग्धको गाडीलाई अन्तरराज्य ७१ राजमार्गमा २० मिनेट पछि रोकेका थिए । पत्रकार सम्मेलनको समयमा कुनै अधिकारीहरू घाइते नभएको बताईएको छ ।

प्रतिक्रिया