बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने

इनेप्लिज २०७९ साउन २६ गते २२:५३ मा प्रकाशित

बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा नेपालीमूलका बिद्यार्थीहरुलाई विशेष सम्मान गरिने भएको छ । आगामी अगष्ट २८ तारिख आइतबार सम्मान समारोह राखिएको छ ।

कार्यक्रम बिहान १०:०० बजे देखि दिउँसो १२:०० बजे सम्म बाल्टिमोर अवस्थित हिन्दु बुद्ध मन्दिरको प्रांगणमा यस वार्षिक सत्र २०२२ मा मेरिल्याण्ड राज्यबाट उच्च माध्यमिक देखि बिद्या वारिधि(पिएचडी) सम्म अध्ययन गरि दिक्षान्त गरि सकेकालाई सम्मान गरिने छ ।

आयोजकले यो सूचना नेपाली समुदायलाई पुर्याउन आह्वान गरेका छन् ।

हरेक बर्ष यसरी एकैथलोमा ल्याई भेटघाट गर्दै शुभकामना आदानप्रदान गर्ने र बिद्यार्थीहरुको भावी योजनाहरुमा र समुदायको उत्तरोत्तर हितमा आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्दै लैजान यस्ता कार्यक्रमहरुले अत्यन्तै सकारात्मक प्रभाव पार्ने हुनाले शुरुआती बर्षदेखि नै हिन्दु बुद्ध मन्दिरले समुदायका सरोकारवालाहरु र स्थानीय संघसंस्थाहरुसंग सहकार्य गर्दै आएको छ।

बिगत केहि बर्ष कोरोना महामारीका कारण अवरुद्ध भएको यस कार्यक्रम यसबर्ष स्थानीय लायन्स क्लव अफ बाल्टिमोर नेप्लिज, हिन्दु बुद्ध मन्दिर र नाम्लो ईभेन्टसको संयुक्त आयोजना गर्ने भएका छन् ।

यसलाई सफल बनाउन थुप्रै स्थानीय स्वयंसेवकहरुले पनि सहयोग गरिरहेको आयोजकले ईनेप्लिजलाई बताए ।

यस बर्ष २०२२ मा दिक्षित हुनुभएका सम्पुर्ण बिद्यार्थीहरु तथा अभिभावकहरुलाई सहभागिताका लागि सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेका छन् ।

आयोजक :

Hindu Buddha Mandir – Nepali American Cultural Center of Baltimore परिवार, Lions club of baltimore Nepalese परिवार, NAMLO परिवार तथा सम्पुर्ण कार्यक्रम आयोजक परिवार

प्रतिक्रिया