युक्रेन युद्धको आलोचना गरेको आरोपमा रुसी दूरदर्शन (टेलिभिजन)की महिला पत्रकार पक्राउ परेकी छिन । गत मार्चमा प्रत्यक्ष प्रसारणमा युद्ध विरोधी विरोध प्रदर्शनमा अन्तर्राष्ट्रिय समाचार बनाउने दूरदर्शन पत्रकार मारिना ओभ्स्यानिकोभालाई हिरासतमा राखिएको छ।
मरीना ओभ्स्यानिकोभा उनि रुसी राज्यको दूरदर्शन च्यानल वनकी सम्पादक हुन् । जसले साँझको समाचार प्रसारणको क्रममा युक्रेनमा रूसी सैन्य कारबाहीको बिरूद्ध विरोध गरेकी थिइन्
उनलाई ३० हजार रुबल्स जरिवाना लगाईएको थियो ।
रूसी अधिकारीहरूले पत्रकारको घरमा छापा मारेका थिए र रूसी सशस्त्र सेनाको बारेमा गलत जानकारी फैलाएको आरोपमा फौजदारी अनुसन्धानको भागको रूपमा उनलाई हिरासतमा लिएको उनका वकिलले सामाजिक संजालमा भने।
गत मार्चमा जागिर छोड्ने ४४ वर्षीया मारिना ओभ्स्यानिकोभालाई बुधबार हिरासतमा लिइएको छ भनि अलजजिराले समाचार लेखेको छ ।
“एक आपराधिक मुद्दा चलाइएको छ,” उनका वकिल भने ।
उनले प्रत्यक्ष प्रसारण भै रहेको समयमा रुसी भाषामा लेखिएको ठूलो कागजी तुल(पेपर ब्यानर)मा युद्ध रोक्नुहोस्, प्रचारमा विश्वास नगर्नुहोस्, तिनीहरू झूट बोलिरहेका छन भनि बिरोध गरेकी थिइन् ।
प्रतिक्रिया