बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न

विजय थापा २०७९ साउन २६ गते ०:३९ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित गोर्खाली फुटबल क्लब(भकुण्डो )को आधिकारिक जर्सी (गन्जी)अनावरण(रिभिल) गरिएको छ । उक्त अनावरण कार्यक्रममा खेलाडी लगायत पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

गोर्खाली फुटबल क्लब सन् २०१९ मा स्थापना भएको हो । गत अगस्त ७ का दिन बिहान उक्त जर्सी अनावरण गरिएको थियो ।

उक्त कल्बमा २५ जना खेलाडीहरु रहेका छन् भने आगामी आयोजना हुने बाना फुटबल(भकुण्डो )प्रतियोगितामा पनि सहभागिता हुने साथी-बाल्टिमोरका अध्यक्ष रमेश भट्ट नेपाली छोरोले ईनेप्लिजलाई बताए ।

भट्टका अनुसार गोर्खाली फुटबल क्लबक अध्यक्ष हेमन्त कुँवर हुन् भने उपाध्यक्ष शिशिर तिवारी रहेका छन् । यस्तै हाल उक्त भकुण्डो टोलीका कप्तान सुदिप श्रेष्ठ रहेका छन् भने इन्द्र मल्ल यसका प्रशिक्षक हुन् ।

यसै गरि बजार निर्देशकमा आशिष दाहाल रहेका छन् । समुन्द्र पौडेल यसका प्रवन्ध निर्देशक हुन् ।

उक्त कार्यक्रममा बानाका अध्यक्ष सुबोध पन्तको पनि उपस्थिति रहेको थियो । अनावरणमा रमेश भट्ट नेपाली छोरो तथा पन्तले पनि गन्जी प्रदर्शन गरेका थिए ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन् भने उनका अनगिन्ती लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन् । साथै ,उनले हरेक दिन दर्जनौ मूलधारका समाचार ,सामुदायिक समाचार र बिश्वभरिका दैनिक अन्तर्राष्ट्रिय समाचार ,अन्तर्वार्ता र स्वास्थ्य सम्बन्धि  कार्यक्रम संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया