मध्य युक्रेनमा रुसी प्रक्षेपास्त्रद्वारा आक्रमण गर्दा कम्तिमा १३ जनाको मृत्यु,५ जना गम्भीर घाइते

इनेप्लिज २०७९ साउन २५ गते १०:५१ मा प्रकाशित

 

मध्य युक्रेनमा रुसी प्रक्षेपास्त्र (रकेट)आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

युक्रेनको मध्य निप्रोपेट्रोभस्क क्षेत्रमा रातभरी रुसी सेनाले गरेको गोलाबारीमा १३ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएको यस क्षेत्रका सैन्य प्रशासनका प्रमुखले बताए ।

निकोपोल जिल्लाका माइरिभस्का र मारहानेट्स शहरहरू ८० वटा प्रक्षेपास्त्रले आक्रमण गरे जुन मंगलबार राति आवासीय क्षेत्रमा खसेको भ्यालेन्टिन रेज्निचेन्कोले बुधबार संचार माध्यम टेलिग्राम पोस्टमा लेखेका छन् ।

२० भन्दा बढी अग्लो भवन ,एउटा सांस्कृतिक केन्द्र, दुई विद्यालय, नगर परिषद्को भवन र अन्य धेरै प्रशासनिक भवनमा क्षति पुगेको रेज्निचेन्कोले बताए ।

रेज्निचेन्कोका अनुसार मारहानेट्स हजारौं मानिसहरू बिजुलीविहीन र मिरिभस्काका एक हजार मानिसहरू इन्धन (ग्यास)विहीन छन्।

“यो एक दुखद रात थियो,” उनले सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया