‘अपहरण’ कथासङ्ग्रह लोकार्पित

इनेप्लिज २०७९ साउन २५ गते २:४६ मा प्रकाशित


काठमाडौँ । कथाकार भरतकुकमार श्रेष्ठद्धारा लिखित अपहरण कथा संग्रह लोकार्पण भएको छ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमले ‘अपहरण’ कथासङ्ग्रहको लोकार्पण गर्नुभएको हो ।
कृति लोकार्पण गर्दै डा गौतमले कथाकार भरतजीका कथाहरु औपन्यासिक आधारका छन् । कतिपय कथाहरुलाई तन्काएर लघुउपन्यास वा उपन्यास बनाउन सकिन्छ भन्नुभयो । उहांले उपन्यास लेख्नसक्ने कला पनि यी कथाहरुबाट देखिएको छ । यसकारण अब आउने कृति उपन्यास होओस् भन्ने आफुले चाहेको बताउनुभयो ।’
प्रा.डा. रामप्रसाद ज्ञवाली र ज्ञानु अधिकारीले— ‘कथाहरु ग्रामीण परिवेशका, उच्च र निम्नवर्गका विभेदविरुद्धका र केही स्वदेश र केही विदेशी धरातल प्रतिविम्बित हुने खालका मझौलादेखि लामो आकारसम्मका रहेको तर सबै कथाहरुमा जीवन र जगत बोलेको’ कुरा उल्लेख गर्नुभयो ।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको कार्यक्रममा लेखक भरतकुमार श्रेष्ठ ‘विवश’ले आफू परिस्थितिवश बेलायतमा बस्नुपरे पनि मन सधैँ नेपालमै रहेकोले नेपाली भाषासाहित्यलाई सधैँ माया गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा दायित्व वाङ्मय प्रतिष्ठानका महासचिव डा. लेखप्रसाद निरौला, विश्लेषक प्रा.डा. सुरेन्द्र के.सी., समाजसेवी श्री श्यामसुन्दर श्रेष्ठ र लेखककी माता मिसिरी श्रेष्ठले लेखकलाई शुभकामना दिनुभएको थियो भने सोही कार्यक्रममा विश्व नेपाली साहित्य महासंघद्वारा प्रदान गरिएको लघुकथा प्रतियोगिताबारेको द्वितीय पुरस्कार पनि लेखक भरतकुमार श्रेष्ठ ‘विवश’ लाई प्रदान गरिएको थियो ।

[email protected]

प्रतिक्रिया