अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान

इनेप्लिज २०७९ साउन २४ गते १:५३ मा प्रकाशित

अमेरिकाकोन्यू मेक्सिको राज्य प्रहरीले मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान गरेको छ । २५ वर्षीय नईम हुसेन पाकिस्तानका मूलका भएको प्रहरीले जनाएको छ ।

न्यू मेक्सिको राज्यको अल्बुकर्कमा हत्याकाण्डमा उनि मारिएका प्रहरीले बताएका छन् । अल्बुकर्क प्रहरी विभागका अनुसार नइम हुसेन अल्बुकर्कको हाईल्यान्ड व्यापार छिमेकको ट्रुम्यान मार्ग र ग्रान्ड एभिन्यू(पथ) नजिकै गत शुक्रबार बन्दुकको गोली लागेको अवस्थामा फेला परेका थिए ।

प्रहरीले यो हत्या अगस्त १ मा २७ वर्षीय मोहम्मद अफजल हुसैनको गोली हानी हत्या र जुलाई २६ मा ४१ वर्षीय अफताब हुसैनको हत्यासँग जोडिएको हो कि भनेर अनुसन्धान गरिरहेको छ । दुवै जना पनि पाकिस्तानका हुन भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

नोभेम्बर २०२१ मा अफगानिस्तानका अर्का मुस्लिम व्यक्ति मोहम्मद अहमदीको हत्या जसलाई उसले आफ्नो भाइसँग चलाएको व्यवसाय बाहिर मारिएको थियो। त्यो पनि जोडिएको हुन सक्छ प्रहरीले भने।

न्यू मेक्सिको गभर्नर मिशेल लुजन ग्रिशमले अल्बुकर्क पुलिस विभाग र एफबीआईलाई सहयोग प्रदान गर्न थप राज्य प्रहरी पठाएको उनले गत शनिबार घोषणा गरे।

हुसैनको मृत्युको घोषणा पछि लुजन ग्रिशमले एक विज्ञप्तिमा आफू क्रोधित र दुखी भएको बताएका छन् ।

उनले न्यू मेक्सिकोमा यस्ता घटना भइरहेका छन् । उनले न्यू मेक्सिको संस्कृति र विचारको विविधतामा गर्व गर्ने ठाउँ भएको जनाए ।

न्यू मेक्सिकोको इस्लामिक केन्द्रका अध्यक्ष अहमद एसेदले गत शनिबार एक पत्रकार सम्मेलनमा समुदायले “पहिले यस्तो कहिले पहिले नभोगेको बताए । हामी हाम्रा बालबालिका, हाम्रो परिवारको सुरक्षाको त्रासमा भएको एसेदले भने।

प्रतिक्रिया