अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु

इनेप्लिज २०७९ साउन २३ गते १७:०१ मा प्रकाशित

अमेरिकाको मिजौरी राज्यको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु भएको एविसी न्यूजले समाचार लेखेको छ ।

प्रहरीका अनुसार गत आइतबार गोलीबारी राति ९: ४६ बजे भएको थियो। प्रहरीहरु त्यहाँ पुगे पछि प्रहरी अधिकारीहरुले इन्धन चौकी(ग्यास स्टेसन )को सवारी साधन अड्डा( पार्किग लट)मा उक्त व्यक्तिको गाडी फेला पारेका थिए ।

उक्त व्यक्तिलाई इन्धन चौकी पसलबाट बाहिर निस्केपछि उक्त व्यक्तिले पछाडीको गाडी गति बढाएर प्रहरी नजिक ल्याएर प्रहरीको गाडी ठक्कर दिएका थिए ।

त्यसपछि प्रहरीले उन्लाई गोली चलाएका थिए भने चालकलाई अस्पतालमा लगिएको थियो।

उन्लाई अस्पताल मै मृत  घोषणा गरिएको थियो भने उनको नाम तत्काल सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया