एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त

इनेप्लिज २०७९ साउन २१ गते १८:४६ मा प्रकाशित

एक हप्तामा २ पटक कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति जो बाइडेन  कोरोनामुक्त भएका छन ।

उनि कोभिड-१९ बाट निको भएको ३ दिनमै पुन: कोभिड-१९ बाट संक्रमित भएका थिए ।

उनि संक्रमण मुक्त भएता पनि एकान्तवास( आइसोलेसन)मा रहने उन्का चिकित्सकले शनिबार एक पत्र मार्फत घोषणा गरेका छन ।

“राष्ट्रपतिले धेरै राम्रो अनुभुती गरिरहनुभएको छ,”  चिकित्सक केभिन ओ’कनरले लेखे। ”

हामीले दैनिक अनुगमन जारी राखेका छौं। आज बिहान राष्ट्रपतिको एसएआरएस कोभ-२  एन्टिजेन परीक्षण नकारात्मक  भएको जनाएका छन ।

गत जुलाई २१ मा कोभिड-१९ को प्रारम्भिक परीक्षणमा सॅक्रमित  देखिएपछि बाइडेनले १७ दिनदेखि ह्वाइट हाउस छाडेका छैनन्।

फाइजरको प्रति बिषाणु( एन्टी भाईरस) औषधि प्याक्सलोभिडको पाँच दिनको मात्रा पुरा  गरेपछि गत शनिबार बाइडेनलाई कोभिड-१९ फेरि बल्झिएको थियो ।

 

प्रतिक्रिया