” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न

इनेप्लिज २०७९ साउन २१ गते १५:५१ मा प्रकाशित

ईनेप्लीज

अमेरिकाको राजधानी वाशिंगटन डिसी क्षेत्रको सक्रिय संस्था ” तमु धीं , भर्जिनिया ” को ग्रिष्मकालिन बनभोज भब्यताकासाथ सम्पन्न भएको छ।

 

भर्जिनियाको रेस्टन स्थित फेयरलेक पार्कमा गत अगस्ट ४ तारिख बिहिबारका दिन आयोजित बनभोजमा गुरुङ समुदायका साथै अन्य जातीका समेत सहभागी थिए । सेलरोटी सहितको बहुतै स्वादिस्ट खानाका परिकारहरु भएको बनभोजमा गित संगीत र मनोरन्जात्मक खेलहरु पनी राखिएको थियो ।

 

सानैमा अमेरिका आएका र अमेरिकामै जन्मेका गुरुङ बालबालिकाहरुको म्युजिकल चेयरबाट शुरु गरिएको खेल कार्यक्रममा बयस्क महिलाहरुको म्युजिकल चेयर , आमा समुहको सियो धागो , फलामको छेलो होईन गाउँ घरकै ढुंगाको ठेलो हान्ने र बयस्क पुरुषहरुको लठो तान्ने खेलहरु हेर्दा आकर्षक र रमाईलो थियो। गिर गिर दगुर्दै ढुंगाको ठेलो हान्ने खेलमा भिम गुरुङ ( लम्जुङ्ग ) प्रथम भए भने बयस्क महिलाहरुको म्युजिकल चेयरमा श्रीमती याङ्गचुङ्ग गुरुङ ( मनाङ्ग ) प्रथम भईन् । संस्थाका निबर्तमान अध्यक्ष सुरेन्द्र गुरुङ ( पर्बत ) को टोली र बर्तमान अध्यक्ष नन्द गुरुङ ( मनाङ्ग ) को टोली बीच भएको बहुतै आकर्षक लठो तान्ने खेलमा चाहीं पुलाचौर – म्याग्दीका आनद रेग्मी समेत सहभागी अध्यक्ष नन्द गुरुङ ( मनाङ्ग ) को टोली प्रथम भएको थियो।

बनभोजमा आयोजित संक्षिप्त स्वागत समारोहमा ” तमु धीं भर्जिनिया ” का अध्यक्ष नन्द गुरुङले उपस्थित गुरुङ र गैर्ह गुरुङ सबैलाई धन्यबाद दिएका थिए। संस्थाका उपाध्यक्ष तिलक गुरुङले कार्यक्रम संचालन गरेका थिए भने सांगीतिक संयोजन सचिब थमान गुरुङले गरेका थिए। डिसीनेपाल डट कम् र ईनेप्लीज डट कम् ले कार्यक्रमको न्युज कभरेज गरेका थिए।

अमेरिकामा बसोबास गर्ने लम्जुङ्ग , कास्की , पर्बत , तनहुँ , गोरखा , काठमाडौँ , भक्तपुर , ललितपुर , मोरंग , सुनसरी , धादिंग , नुवाकोट , म्याग्दी , बाग्लुंग , मुस्तांग , मनाङ्ग , चितवन , गुल्मी , स्याङ्गजा , अर्घाखाँची , रुकुम , रोल्पा , सिन्धुपाल्चोक , काभ्रे , रामेछाप् , झापा , खोटांग , संखुवाशभा र ओखलढुंगा जिल्लाहरुका नेपालीहरु तमु बनभोजमा सहभागी थिए।

प्रतिक्रिया