गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य

इनेप्लिज २०७९ साउन २१ गते १३:१७ मा प्रकाशित

अमेरिकाको  ईन्डियाना राज्य गर्भपतनमा प्रतिबन्ध लगाउने कानुन पारित गर्ने पहिलो राज्य बनेको छ ।

इन्डियानाका गभर्नर एरिक होल्कोम्बले शुक्रबार धेरैजसो गर्भपतनलाई प्रतिबन्ध लगाउने एउटा विधेयकमा हस्ताक्षर गरेका छन ।

इन्डियाना तल्लो सदन  र रिपव्लिकन सिनेटद्वारा प्रस्ताबित बिधेयक शुक्रबार पारित गर्यो।

यो विधेयकले आमाको जीवन जोखिममा हुँदा र गर्भाधान पछि २० हप्तासम्म घातक भ्रूण बिषमताहरुको लागि अपवाद प्रदान गर्नेछ।

यदि गर्भपतन बलात्कार वा व्यभिचारको परिणाम हो भने यसले केही गर्भपतनका लागि अपवादहरूलाई पनि अनुमति दिनेछ भनि सिएनएनले  समाचार लेखेको छ ।

इन्डियानाले हाल आमाको अन्तिम महिनावारीको २२ हप्ता पछि गर्भपतन गर्न अनुमति दिन्छ। नयाँ कानून सेप्टेम्बर १५ मा लागू हुनेछ।

प्रतिक्रिया