अमेरिकामा मेघ गर्जन तथा चट्याङ्गको कारण शुक्रबार १,४०० भन्दा बढी हवाई उडानहरू रद्ध
अमेरिकामा मेघ गर्जन तथा चट्याङ्गको कारण शुक्रबार १,४०० भन्दा बढी हवाई उडानहरू रद्ध भएका छन् । गत बिहिबार व्हाइट हाउस अगाडी ४ जना चट्याङ्गले लाग्दा ३ जनाको निधन भै सकेको छ भने अर्का १ को अवस्था पनि गम्भीर रहेको छ ।
बिहीबार पूर्वी तटमा चट्याङले प्रमुख विमानस्थल क्षति बनाए पछि ठूलो उडान रद्ध दोस्रो दिन पनि विस्तार गरिएको छ ।
अमेरिकी पूर्वीय समय अनुसार शुक्रबार बेलुका ६:५० सम्म उडान पत्ता लगाउने संजालस्थल (साइट )फ्लाईट अवेर नामक संस्थाका अनुसार अमेरिकामा १,४०० भन्दा बढी उडानहरू रद्द गरिएको देखाएको छ।
फेरि एक पटक न्यूयोर्कको लागार्डिया, नेवार्क लिबर्टी इन्टरनेशनल र वाशिंगटन बाहिर रेगन नेसनल विमानस्थल रद्ध गर्ने विमानस्थल मध्ये शीर्षमा परेका छन् ।
गत बिहीबार अमेरिका भरि १,२४८ उडान रद्द गरिएका थिए ,जुन विगत छ हप्ताको उडान रद्द मध्ये सबैभन्दा खराब दिनहरू मध्ये एक हो। साउथवेस्ट बिमान हवाई जहाजले ३७० वटा उडानहरू रद्द गरेको छ।
फ्लाईट अवेरका अनुसार शुक्रबार अमेरिकामा ६,६०० भन्दा बढी उडान ढिलाई भएको विवरण दिएको छ भनि सिएनएनले समाचार लेखेको छ ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया