गायिका दुर्गा बिसुरालको तिज गित ‘म माइत जाने’ सार्बजनिक(भिडियो सहित)
काठमाडौं – चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको श्वरमा रहेको नयाँ तीज गीत “यसपाली त जसरी म माइत जाने” को म्युजिक भिडियो “राईट ट्यून” अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ।
प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान,श्रीमती बिच भएको बार्तालाप र समझदारीको भाव समेटीएको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द रचना गरेका हुन। संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।
अहिलेका ब्यस्त मोडेल/कलाकार सरोज राना प्रजा र आभा थापाको सुन्दर अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि जोडदार अभिनय हेर्न पाईन्छ। फराज अर्पनको छायांकन,संतोष राजबाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन भने निर्देशक गणेश शाहले गीतको भावभंगी अनुरुपनै यथार्थपरक ढंगमा निर्देशन गरेका छन् । भिडियो हेर्नुहोस :
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
अमेरिकाको युटाह राज्यमा तीज कार्यक्रम हुदै
प्रतिक्रिया